२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाः म्यादी प्रहरीको जागिरका लागि हजारौ युवायुवती लाईनमा

२०७४, २९ आश्विन आईतवार १५:५७


राम नारायण पंडित | असोज २९, सिरहा | सिरहामा म्यादी प्रहरीमा आवेदन दिन आउने युवायुवतीहरुको भिड बढ्दै गइरहेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय सिरहा परिसरमा म्यादी प्रहरीको आबेदन दिने कार्य भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन भेट्वालले बताए । 

जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, गोलबजार र मिर्चैयाबाट म्यादी प्रहरी भर्नाको लागि आबेदन फारम वितरण भईरहेको भएपनि दर्ता जिल्ला प्रहरी कार्यालय सिरहामा नै भईरहेको डिएसपी भेटबालले जनाएको छ । 

आवेदन दिनका लागि गाउँ–गाउँबाट ठुलो संख्यामा आएका युवायुवतीहरु  चर्को घाम र गर्मीको प्रवाह नगरी दिनभरि लाइनमा बसेरै भए पनि आवेदन दर्ता गराईरहेका छन् । जिल्लाको विभिन्न ईलाका र ग्रामीण क्षेत्रमा प्रहरीको ईकाई भएपनि म्यादी प्रहरी भर्नाको लागि जिल्ला प्रहरी कार्यालयमै आउने प्रावधान रहेकोले कठिनाई भईरहेको आवेदकहरुको गुनासो रहेको छ । 

देशमा बढ्दै गएको बेरोजगारीका कारण छोटो समयको लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिन आउने आबेदकहरुको संख्यामा बृद्धि भएको छ । मंसिर १० र २१ गते हुन लागिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले देशभरीबाट ९८ हजार भन्दा बढी म्यादी प्रहरी माँग गरेको छ । 


२८ गतेसम्म ६ हजार ८ सय ४४ आवेदन दर्ता 

असोज २८ गतेसम्म सिरहामा ६ हजार ८ सय ४४ आबेदन दर्ता भएका छन् । जसमा ६ हजार २ सय ७३ पुरुष र ५ सय ७१ महिलाको आबेदन परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी भेटवालले जनाएको छ ।  

असोज ३० गते ५ बजेसम्म आवेदन दर्ता गरिने डिएसपी भेटवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस