२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छठ पर्वको चटारो

२०७४, ३० आश्विन सोमबार १५:३८

सरोज यादव | असोज ३०, सर्लाही | सूर्य पुजाको लोकपर्व छठको लागि सर्वसाधारणहरुले आवश्यक सामग्री खरिद गर्न तथा जलाशयमा पूजा स्थलको सरसफाइ एवं सजावटमा जुटेका छन् । सर्लाहीको जनसागर पोखरी, सागर पोखरी, मुलही पोखरी, मुसैली पोखरी, झिम नदि , लखनदेहि  खोला, सिस्वाबेल्ही पोखरी, भाड्सर र खुटौनाका पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउनका लागि सर्वसाधारणहरु तयारीमा जुटेका छन् । 

पुजा स्थलहरु सुरक्षित गर्नुका साथै घाटको झकिझकाउ पार्ने काम युद्ध स्तरमा शुरु गरेका छन् । सदरमुकाम मलङ्वामा वडा – वडका विभिन्न पोखरीहरुमा विशेष सेवा सुबिधा प्रदान गरेका छन् । वडा अध्यक्षहरुले पोखरीको वरिपरि सरसफाई गराई सफा स्वछ र यसपाली लामखुट्टे विहिन बनाउने योजनामा जुटेका छन् । छठ पर्वमा गाइने गीत तथा धुनहरु सर्वत्र बजन थालेको छ । सर्लाही  सदरमुकामर मलङ्वा सहित ग्रामिण भेगका प्रत्येक चौक–चौराहा एवं घरहरुमा छठपर्वको गीतहरु बज्ने गरेको छ । जिल्लाका उतरी भेगका एफएमहरुले समेत छठ पर्वका विशेष गीतहरु बढी समयसम्म बजाउन थालेको छ ।अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै छठ पर्वको गीतहरु गुञ्जन थालिएको छ । यतिबेला जिल्लाको मलङ्वा सहित ग्रामीण बजारमा लोकभाषाका समेटिएका एल्बम, सिडी र भिसिडीको विक्री पनि बढेको छ । मैथली तथा भोजपुरी भाषामा छठ सङ्गीत गुञ्जिने गरेको छ । 

यस पर्वमा श्रद्धालुहरु सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस भन्ने कामना समेतका लागि मनाइने यो पर्व विगतको वर्षहरु देखि महँगो र भडकिलो बन्दै गएको छ । पुजा सामग्री, ढाकी, डाला,माटाका हात्ती, केराको घरी, नैवेधका रुपमा भाती–भातीका परिकार तथा फलफूलहरु समावेश गरिने यस पर्वमा तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरुले पनि श्रद्धापूर्ण रुपमा मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ । तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरग, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व नजिकिदै जाँदा छठ पर्वमा चढाइने सामग्रीहरुको मूल्य आकाशिएको छ । छठ पर्वका लागि चढाउने केरा, नरिवल, उखु, ट्याव नेमो लगायतका सामग्रीको मूल्य गत वर्षको भन्दा यस वर्ष बढेको छ । 

जिल्लाको अधिकांश ठाउँमा दुई हजार रुपियाँ सम्ममा केरा घौर (घरी) विक्री हुने गरेको व्यापारीहरु बताउँछन् । चम्पा चिनी केरा एक हजार पाँच सयमा घौर, नटबर केरा ५ देखि ७ सयमा घौर, बन्सी बोट केरा ५ देखि ६ सय रुपियाँ घौर, कुरकुटीया ४ सय रुपिया घौर, पेची ४ देखि ५ सय रुपिया घौर, हजारी २ रुपिया घौरमा विक्री हुने गरेको केरा व्यापारीहरु बताउँछन् । गत वर्षको भन्दा ३० प्रतिशत मूल्य बढेको सर्वसाधारणहरु बताउँछन् । यस्तै छठ पर्वका लागि महत्वपूर्ण फलफूल मानिने नरिवल प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्ममा विक्री भइरहेको छ । छठ पर्वका सामग्रीको मूल्य निर्धारण नहुदाँ व्यापारीहरु आफु खुशि ढंगले मूल्य बढाएर सामान बेच्ने गरेको सर्वसाधारणहरुले गुनासो पोखेका छन् ।


छठका सामग्रीमा बढेको मूल्यको कारण यस वर्षको छठ महगीमै गर्नुपर्ने सर्वसाधारणहरु बताउँछन् । ब्रतालुहरुद्वारा सूर्य देवतालाई बिहिवार साँझ अस्ताउदो र शुक्रबार  बिहानको उदाउदो सूर्यलाई अर्घ दिएपछि यस पटकको छठ पर्व सम्पन्न हुनेछ । यो पर्व परिवारिक सुख समृद्धि र मनोकामना पुर्तिका लागि गरिन्छ । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होसभन्ने कामना गर्दै पनि यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने