Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा राजन दङ्गाल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज ३०, मकवानपुर | मकवानपुरको पुर्वि क्षेत्रमा रहेको निर्वाचन क्षेत्र स्तरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालक समितीको अध्यक्षमा राजन दङ्गाल चयन हुनुभएको छ ।<br></p><p>आज मंगलबार बसेको सर्वपक्षिय वैठकले बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाललाई सर्वसम्म्मतीले सञ्चालक समितीको अध्यक्ष चयन गरेको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिमार्जित एैन तथा गाँउपालिकाको स्वास्थ्य केन्द्र अवस्थित स्थानीय वडाको अध्यक्ष सञ्चालक हुने व्यवस्था भए&nbsp; सगै आज एक कार्यक्रमका विच दङ्गाललाई अध्यक्ष चयन गरीएको हो । साथै आजको पदस्थापन कार्यक्रमले संरक्षकमा गाँउपालिका अध्यक्ष दामोदर खनाल,तथा सदस्य सचिवमा डाक्टर प्रमार्थ बस्नेत रहेको ८ सदस्यीय सञ्चालक समिती चयन गरीएको हो । दैनिक रुपमा सयौको उपचार सेवा प्रदान गरीरहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई मिनी अस्पतालको रुपमा लिइन्छ ।</p><p>अस्पतालमा हाल चालु अवस्थामा २ वटा एम्वुलेन्स समेत सञ्चालनमा छन ।</p>