2026-09-18 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

कात्तिक २, गाईघाट (रासस) | विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो । 

जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउनुहुन्छ । 

सम्बन्धित क्षेत्रमा नमूना परीक्षण गरेर कुन क्षेत्रमा कति प्रभावित रहेका छन् सोहीअनुसार नमुना परीक्षणअनुसारनै पुनः एक वर्ष थप हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रमलाई अझ बढाइन लागेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत दुनियाँलाल यादवले बताउनुभयो । 

हात्तीपाइले रोगको औषधि वितरण र खुवाउने कार्यक्रम उदयपुरमा अन्त्य भए पनि अझै हात्तीपाइले रोगका बिरामी भेटिएका कारण यसपटक नमूना परीक्षण गरेर सम्बन्धित क्षेत्रमा पुनः औषधि वितरण गरेर खुवाइ निर्मूल गर्ने नीतिका साथ नमूना परीक्षण अभियानसमेत शुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । 

झण्डै दुई लाख ९८ हजार जनतामा हात्तीपाइले रोगविरुद्ध वर्षेनी औषधि खुवाउने कार्य हुँदै आएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई