2026-09-18 11:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तिहारमा ‘सेलरोटी मनपर्ने परिकार हो’ प्रजिअ – एकदेव अधिकारी

चिसाङ शेर्पा | कात्तिक २, खोटाङ | ‘आफ्नो चार जना चेली मध्ये दिदि शान्ता भट्टराईसंग भाईटिका लगाउन नपाएको दश वर्ष वित्यो, भाईटिकाका दिन दिदिभाईको फोनमा कुरा भए पनि दुवैजना भक्कानिएर वोल्नै नसकिने हुन्छौ । भेट नभए नि फोनवाट कुरा गर्न दुवैजना ईच्छुक भईन्छ तर, भावुक भएर वोल्नै सकिन्न ।’ खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले फोनवाट दिदिसँगको तिहार पिडा सुनाए । 

धनकुटाको साविक गाविस चानुवाका स्थाई वासिन्दा अधिकारीले २०५५ सालदेखी निजामती कर्मचारीको जागिर खाएको विस वर्ष पुग्दासम्म अधिकांश तिहार आफ्नै कार्यालयको क्वाटरमा मनाएको याद गरे । विस वर्षको अन्तरालमा परिवारको साथमा तिहार मनाएको याद छैन दुखित मुद्रामा साझासवाललाई मनका कुरा पोखे ।

‘गतवर्ष काठमाण्डौमा भाईटिका वहिनीहरु कल्पना भट्टराई र ईन्दु पोखरेलका लगाएको थिए ।’ यसवर्ष पनि तिनै दुई वहिनीका हातवाट भाईटिका खोटाङको दिक्तेलमा जिल्ला प्रशासन कार्यालयको क्वाटरमा भाईटिका लगाउने योजना वनाएका खोटाङका सिडियोले, भावुक हुंदै घर, परिवार तेस्रोवर्ग झै भएको बताए ।

तिहारमा बारीभरी फुलेका मखमली, सयपत्री फुल, अर्गानिक खाध्यन्न, सेलरोटी, देउसे–भैलो, पुराना साथीसङगी सँगको भेटघाघ संम्झदा मनमा हुटहुटी चल्छ, अहिल्यै गाउँ जान मन हुन्छ । तर, कर्मले गाउँघर टाढा–टाढा वनाईदिएको छ  ।

‘२०४५ सालतिर धनकुटा चानुवामा आठ/नौ कक्षा स्कुल पढ्दा गाउँमा हाते टर्चलाईट भाडामा मागेर विस रुपैयाँको एभरेडी व्याट्री किनेर साँझदेखी विहान मिरमिरे हुंदासम्म देउसी भट्ट्याउँदा स्वर वसेकोे र घरैपिच्छे सेलरोटी खाएको रमाईलो क्षण स्मरण गर्दै उनले भने, त्यो वेला भट्ट्याएको पाँच रुपैयाँ थपेर ४५ रुपैयाँ पाएको थिए ।’

‘देउसी खेल्नेको ठ्याक्कै संख्या थाहा नभए पनि देउसी दान चांहि दुई सय पचास रुपैयाँ जम्मा भएको थियो । साथीले, पाँच रुपैयाँ लुकाएको रहेछ पछि थाहा भो, उनले थपे, त्यो वेला एक रुपौयाँदेखी पाँच रुपैयाँ देउसीको दान दिने गर्दथ्यो ।’ 

‘देउसी खेली पाएको त्यतिवेलाको ४५ रुपैयाँ अहिलेको पाँच सय जतिकै मान्यता थियो, महिना दिनसम्म देउसी खेलेर उठेको पैसाले चकलेट किनेर खाने गथ्र्यौ । तिहारमा सेलरोटी धेरै वन्थ्यो, धेरै खाने गर्दथे मेरो तिहारका परिकार मध्येमा सेलरोटी मनपर्ने परिकार हो ।’

‘त्यतिवेलाका देउसी भैलो मौलिक शैलीका हुन्थे, गाउँका पाकाहरुले लयमा भट्टयाउने, हामी गोलो घेरामा माया प्रेम, स्नेह र सदभाव स्परुप देउसी–देउसी…भनेर गुञ्जयमान गथ्र्यौ । तर ! अहिले तडकभडक तथा आर्थिक संकलनका रुपमा देउसी खेलिने गरेको उहाँको भनाई छ । पहिले र अहिलेको तिहारमा धेरै भिन्नता रहेको छ । पहिला तिहार सदभावका लागि मनाईने गरिन्थ्यो, अहिले देखावटी मौलिकता नभई रेडिमेट र कस्मेटिक तिहार भईसकेकोे उहाँको भनाई छ । अहिलेको तिहारमा मौलिकता लोप हुंदै गएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई