२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तिले घर भत्काएपछि परिवारको विचल्ली, तिहारमा बेला खुसी लुटियो

२०७४, २ कार्तिक बिहीबार ०५:४६

कात्तिक २, कञ्चनपुर | कञ्चनपुरका दुई स्थानीय परिवारको घर तिहारकै मुखमा जंगली हात्तिले भत्काईदिएपछि विचल्ली भएको छ । गयराती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तिको बथानले कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई स्थानीयको घर भत्काईदिएको हो । जंगली हात्तीको बथानले बेल्डाँडी गाउँपालिका–१ का गगन सिह महरा र मने बहादुर ओखेडाको घर भत्काईदिएपछि उनीहरुको परिवार विचल्लीमा परेको छ ।

बेल्डाँडीका स्थानीय पीडित गगन सिह महराले राती एक्कासी बथानमा आएका हात्तीले घर भत्काउन थालेपछि पुरै परिवार ज्यान जोगाउन भागेको बताए । ‘हात्तीले घर घेरिसकेको थियो, ‘उनले भने, ‘हामीहरु झ्यालबाट खेततिर भागेर ज्यान जोगायौँ ।’ हात्तीले घरभित्र राखेको अन्नबाली समेत नष्ट गरिदिएको बताउदै पीडित महराले तिहारकै मुखमा विचल्लीमा बनाएको दुखेसो गरे । ‘तिहारकै मुखमा हात्तीले झण्डै हाम्रो ज्यान लगिसकेको थियो, ‘उनले भने, ‘भगवानले हाम्रो परिवारलाई अर्को जुनी दियो ।’ यस्तै अर्का पीडित मन बहादुर ओखेडाले पनि हात्तीले घरभित्र रहेको अन्न खाईदिएपछि विचल्लीमा परेको दुखेसो पोखे । पीडित दुवै परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । हात्तीले महरा र ओखेडा परिवारको बस्ने घरै भत्काईदिएपछि उनीहरु संकटमा परेका छन् । आर्थिक रुपमा विपन्न दुवै परिवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउकै दक्षिणी क्षेत्रमा बस्दै आएका छन् । 

बेल्डाँडी गाउँपालिका–१ का वडाध्यक्ष अम्मर बहादुर खत्रीले पीडित परिवारको राहतका लागि स्थानीय तहबाट समेत पहल भईरहेको बताए । दुवै परिवारको क्षतिको मुचुल्का उठाएर राहत र क्षतिपूर्तिका लागि वडा कार्यालयले सम्बन्ध निकाय माफर्त राहत दिलाउने बताए । दशैँ अघि देखि भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल छिरेका हात्तीले कञ्चनपुरको पुर्नवास, लालझाँडी, बेलौरी, बेल्डाँडी, महाकाली, बेदकोट, शुक्लाफाँटा र भीमदत्तका आतङ्क मच्याईरहेको छ । हात्तीले धानकै सिजनमा बढि क्षति गर्दछ । हात्ती पीडितलाई समयमै उचित राहत र क्षतिपूर्ति नदिदा मानव र बन्यजन्तु विचको द्वन्द्व समेत बढ्दै जाँदा जैविक विविधता संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीको भनाई छ । पीडितको घाउमा मलम लगाउनुपर्नेमा संरक्षणकर्मीले जोडदिदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा