२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा जुवाको खालबाट वडा अध्यक्ष सहित ३० पक्राउ

२०७४, २ कार्तिक बिहीबार ०७:४२

तुलसी प्रसाद कोईराला | कात्तिक २, उदयपुर |  जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्ष सहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका ७ स्थित मुर्कुची बजारबाट पक्राउ परेका हुन । मगर नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।

वडा अध्यक्ष सगै पक्राउ पर्नेहरुमा रौतामाई गापा ७ बस्ने भीम बहादुर मगर, रौतामाई ७ बस्ने धर्म तामाङ, सबिन आले, नारायण राय, रौतामाई ७ बस्ने अनिल थापा, त्रियुगा नगरपालिका ७ बस्ने जगत मगर, त्रिनपा १६ बस्ने उपेन्द्र मगर, देब ब.मगर, खड्ग ब. मगर  रहेका छन । 

रौतामाई गापा ७ मुर्कुचि बजार स्थितमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुकौराको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जुवा खेल्नेहरुको साथबाट ८६ हजार नगद सहित १६ थान कौडा बरामद गरेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ । 

त्यसैगरी जिल्लाकै त्रियुगा नगरपालिका ११ संगमटोलबाट जुवा खेलिरहको अवस्थामा विस जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने सुमन्त कोईराला, दिपन राई, उदयकुमार भन्ने बलबहादुर कार्की, टामेन्द्र राई, डम्बर राई, भबिन्द्र खत्री रहेका छन । त्यसैगरी त्रिनपा ११ कै बिश्व राई, सुनिल राई, राजु तुलाधर, चुडामणी राई, नबिन बस्नेत, बि.एन. राई, रमेश बुढाथोकीलाई पक्राउ गरिएको छ । भने त्रिनपा १० बस्ने किरण पाण्डे, जिवन पाण्डे, राम कुमार श्रेष्ठ, राम खड्का, त्रिनपा १२ बस्ने चक्र ब.राई, त्रिनपा ८ का हरि बस्नेत र त्रिनपा ५ का पृथ्वी राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । 

प्रहरी उपरिक्षक नवराज भट्टको नेतृत्वमा रहेको टोलीले घर घेराहाली छापा मार्दा नगद दुईलाख ७२ हजार ९ सय ८० सहित ३२ थान कौडा, ६ सय ८७ पत्ती तास मोवाईल थान २१ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । दशैको बेला असोज १३ गते राती जिल्ला प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरि गल्ती नगर्ने शर्तमा छाडेको थियो । जुवा ऐन २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई दुई सय सम्म जरिवाना, दोस्रो पटकलाई एक महीना देखि तीन महीनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद हुने व्यवस्था छ । पक्राउ परेकालाई छुटाउन जिल्ला प्रहरी कार्यालयमा विहानै देखी दोस्रो तहका नेताहरुको भिड लागेको छ । पहिलो तहका नेताहरु टिकटका लागि काठमाण्डौ गएकाले जिल्लामा रहेका दोस्रो तहका नेताहरु प्रहरी कार्यालयमा पुगेर छाडन दवाव दिएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो