प्रेम सुनार | कात्तिक ३, गुल्मी । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन  । सामन्य टुकि बत्तिले भित्र सवैतिर भ्यायुँ पाउने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक ३, गुल्मी । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन  । सामन्य टुकि बत्तिले भित्र सवैतिर भ्यायुँ पाउने"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

भित्र अँध्यारो बाहिर झिलिमिली

३ कार्तिक २०७४, शुक्रबार १०:३९


प्रेम सुनार | कात्तिक ३, गुल्मी । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन  । सामन्य टुकि बत्तिले भित्र सवैतिर भ्यायुँ पाउने गरी उज्यालो छैन् , अँध्यारै छ । तर  लक्ष्मी पुजाको दिन देखि साँझ पर्न  साथ  ति भित्र अँध्यरो भएको घर बाहिर ब्याट्रीको सहायताबाट बल्ने झालर बत्तिहरु बालेर सडक समेत उज्याले हुने गरी झिलीमिली पारिएको छ ।

ढोका अगाडी तेलको दियो प्रजलित गर्ने चलन थियो । तर अहिले मैन बत्ति बालेको देखिन्छ प्रायः ति बस्तीका घर–घरमा । धुर्कोट गाउँपालिका  वडा नम्वर ७ मा पर्ने वाग्लाको अधिकांस दलित बस्तीमा खरका झुपडीहरु छन् । गरिवी र वेरोजगारी व्याप्त छ र पनि दशैं तिहार जस्ता चाड पर्वमा खर्चको कमी गरिदैन् ।

वाग्ला मात्रै होईन हाडहाडेमा पनि कैयौं घरहरुमा बत्ति बोल्न सकेको छैन् ।  त्यहाँ पनि भित्र अँध्यारो बाहिर झिलिमिली देख्न पाईन्छ । फुलहरु  प्रायः घर–घरै भएको देख्न सकिन्छ तर कृतिम माला खरिद गरेर ल्याई सकिएको छ ।  वस्तुका बासीन्दा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले भने,–‘स्थानिय वस्तु उपभोगमा मानिसहरुले आँखा लगाउनै छाडे, दिपाली गर्न दियो बाले हुँदैन्थ्यो तर मैन बत्ति चाहियो, म हिजो यसो हेर्दै जान्छु भन्दा त घर–घरमा मैन बत्ति र झिलिमिली देखें, भित्र भने अँध्यारैमा बस्न पनि रुचाउने । ’

उनको अनुमानमा बस्तुबाट मात्रै माला र मैन बत्ति लगायतको तिहारको साम्रगी किन्दा लाखौं बाहिरिएको छ । उनले फुलको माला र दियोको प्रयोग गर्न सवै संग आग्रह गरे । माओवादी केन्द्रका जिल्ला सदस्य एवं जैसीथोकका वासीन्दा  बिरेन्द्र कुँवरले गाउँपालिकाबाटै कृतिम माला भित्राउन निषेध गर्न गाउँपालिका प्रमुख भुपाल पोखरेल संग माग गरे ।

‘मैले पहिलै देखि भन्दै आएको छु घर–घरमा फुल रोप्न लगाऔं, कृतिम माला बर्जित गरौं त्यसो गरिए साविकको एउटा गाविस जैसीथोकबाट मात्रै लाखौ बचाउन सकिन्छ,–‘ उनले भने–‘ यो तत्काल लागु गर्न म गाउँ कार्यपालिका संग माग गर्दछु ।’ जवाफमा गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोट गाउँपालिकाले त्यो काम सुरु गरी सकिएको जानकारी दिए ।

उनले भने–‘‘यसपालीको तिहारमा कृतिम माला पुरै रोक्न त सकिएन तर अर्को वर्ष देखि  पुर्णरुपमा रोकेर फुलको माला घर घरमा हुनेछ । यस आर्थिक बर्षमा पुष्पा  उत्पादन कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ । ’

उनले थपे–‘ लाखौं रुपैयाँ बचाउने मात्र होईन यहाँबाट उत्पादन भएका फुलहरुबाट लाखौ आम्दानी लिने र पचास जना भन्दा बढिलाई यसै वर्ष रोजगारी दिईने छ । उनले  एक घर अनिवार्य  एक फुलवारी बनाउन सवै संग आग्रह समेत गरेका छन् । तिहारमा सेल रोटी चिउरीका पातका ठुला टपरीहरुमा टक्राउँदा निकै शोभा दिने गर्दथ्यो तर अहिले तालहरुमा दिन थालिएको छ । यो पनि रोक्नु पर्नेमा उनको जोड रहेको थियो ।

स्थानिय उत्पादन झिनिया रोटीबाट करोडौं आम्दानी

गुल्मीमा प्रशिद्ध झिनिया रोटीबाट जिल्लाका सवै हाडबजारमा एक  करोडको भन्दा बढिको  ब्यापार भएको पाईएको छ । वामीटक्सारका नेवार समुदायबाट सुरु भएको त्यस रोटीको प्रशिद्धता अन्य समुदायमा समेत बढेको छ । वामीटक्सारमा मात्र ४० लाखको झिनिया रोटी विक्रि भएको त्यहाँबाट पत्रकारहरुले समाचार पठाएका छन् ।

त्यस्तै रिडीबाट  पत्रकार चुरामणी तिम्लिसेनाले दिएको जानकारी अनुसार वामीटक्सारकै हाराहारीमा झिनिया रोटीको व्यापार रिडीमा भएको छ । त्यस्तै बलेटक्सार, रानीास र चौताराका  नेवार समुदायले पनि झिनिया रोटीबाट राम्रो ब्यापार गरेका छन् । यता सदरमुकाम तम्घासका नेवार समुदायले पनि करिव ५० लाख वरावरको झिनिया रोटी विक्रि गर्दै  आएको प्रतिपसलको ब्यापारबाट आंकलन गरिएको छ । उता पुर्कोटद , वस्तुका नेवार समुदायले पनि राम्रो आम्दानी लिएको बताउँ छन् । पछिल्लो चरण अन्य समुदायले पनि उक्त रोटीको ब्यसाय गर्दै आएका छन्  । झनिया रोटी संगै गुल्मीमा फिनी रोटी र बटुक पनि किनै चाख मानिन्छ ।

तस्वीमारः झालर बत्तिका फेशनकर्ता सदरमुकाम तम्घासबासीको झिलिमिली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल