२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विद्यालयहरूलाइ शान्तीक्षेत्र घोषणाको लहर

३ पुष २०७२, शुक्रबार १३:३२

shanti xetraदलसिंह गिरी/पुस ३, कालिकोट। कालिकोटमा रहेका सामुदायिक विद्यालयहरूलाइ शान्तिक्षेत्र घोषणाको लहर चलेको छ ।

विद्यालय शान्तिक्षेत्र हो, यसको पूर्ण कार्यान्वयन गरौ, विद्यालयलाई हिंसा, दुव्र्यवहार, शोषणबाट मुक्त राखौ भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न क्षेत्रमा विद्यालयलाइ शान्तिक्षेत्र घोषणा अभियान ब्यापक चल्रेको छ ।

यसैक्रममा श्री शंकर उच्च माध्यामिक विद्यालय सेरिज्यूला रकु लाइ २०७२ मंसिर २८ गते एक भव्य समारोहका बिच विद्यालय शान्ति क्षेत्र घोषणा भएको छ ।

विद्यालयमा सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्न, दलगत राजैतिक तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न र भेदभाव, शोषण, वेवास्ता र दुव्र्यवहारबाट मुक्त राख्ने अभिभावक तथा स्थानीय राजनैतिक दलको प्रतिवद्धताका साथ विद्यालयलाइ शान्तिक्षेत्रघोषणा गरिएको हो ।

कार्यक्रममा गाविसका भिन्न राजनैतिकदलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरु, अभिभावक गरी करीव ४०० भन्दा बढीको सहभागिता सहितको प्रतिवद्धता रहेको विद्यालयका प्राधानाध्याक टेकबहादुर गिरीले बताउनु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नौलासिं गिरीको अध्यक्षता सेभ द चिल्डेन शिक्षा परियोजना अधिकृत चेतराज पाध्यायको प्रमुख आथित्यता लगायत विभिन्न संचार मेडियाका संचारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ११ बुँदे घोषणा पत्रजारी गरी विद्यालय शान्तिक्षेत्रको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त समेत गरिएको छ ।

shantixetra

यसै वर्ष मात्र कालिकोट जिल्लामा किर्डाक र सेभ द चिल्डेनको साझेदारीमा संचालित १२ वटा गाविसहरुका १८ वटा (अम्विकानिमावि, शंकर उमावि (रकु), कालिका मावि र बडुरुख निमावि (मेलमुडी), महादेव प्रावि (मुम्रा), कालिका प्रावि, सियाला र कालिका प्रावि कामखेत (चिलखाया), जनजाग्रतिनिमावि (लालु), नन्दादेवीमावि र शान्तिउमावि (मालकोट), जनताउमावि (रुप्सा), रुपानिमावि ( कुमालगाउँ), जगन्नाथप्रावि र कालिकाप्रावि (फोइमहादेव), संगिन प्रावि र डाँफे प्रावि (ओदानकु), सरस्वती निमावि र जनसेवाप्रावि (राँचुली) विद्यालयहरुले विद्यालयलाइ शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ अनुसार विद्यालय शान्तिक्षेत्रको कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्न हरेक विद्यालयहरुले निम्नअनुसारका प्रतिवद्धतामा हस्ताक्षर गरेको किर्डाक नेपाल कालिकोटले जनाएको छ् ।

१. विद्यालयहाताभित्रकुनै पनि राजनैतिकक्रियाकलापहरु संचालननगर्न हामी प्रतिवद्ध छौ ।

२. विद्यालयउमेरका बालबालिकहरुलाई उनीहरुको पढाई लेखाईमाबाधा अड्चन पुर्याउने किसिमले राजनैतिकगतिविधिमा सहभागि गराईने छैन ।
३. जस्तो सुकै परिस्थितीमापनिविद्यालयको पठनपाठनमा बाधानपुर्याउनहामी प्रतिवद्ध छौ ।

४ बालबालिकाहरुको विद्यालयनिरन्तरताको सहयोग गर्न प्रतिवद्ध छौ ।
५ टुहुरा, अपांग, असहायबालबालिकाहरुको विद्यालयनिरन्तरताको लागिआवश्यक शैक्षिक सामग्रीहरु सहयोग गर्न प्रतिवद्ध छौ ।६बालबालिकाहरुको लागिखानेपानीतथाशौचालयको उचितव्यवस्था गरी खुल्लादिसामुक्तगाविस घोषणागाविसको कार्यान्वयनगर्न प्रतिवद्ध छौ ।
७ विद्यालयका हरेक क्रियाकलापहरुमाआवश्यकताको आधारमाअभिभावकतथा राजनैतिकदलहरुबा सहयोग गर्न प्रतिवद्ध छौ ।
८ विद्यालयहातामाधुम्रपान, मद्ययपान, सुर्तिजन्यतथामादकपदार्थ सेवनगरि प्रवेश नगर्न हामी प्रतिवद्ध छौ ।
९ बालबालिकाहरुका अगाडी जाँडरक्सी, विडी चुरोड, सुर्तिजन्यपदार्थ सेवननगर्न र बालबालिकाहरु मार्फत जाँडरक्सी, चुरोट बिडि र सूर्तिजन्यपदार्थ ओसार पसार बिक्रि वितरण नगर्न हामी प्रतिवद्ध छौ ।
१० गाउँ परिषद, विद्यालयव्यवस्थापन समिति र गाविस स्तरका हरेक निर्णय प्रक्रियामाबालबालिकाहरुको सहभागितालाई सुनिश्चतगर्न प्रतिवद्ध छौ ।
११ गाविस स्तरका हरेक क्रियाकलापहरु संचालनगर्दा बालबालिकाहरुको सर्वोत्तमहितलाई ध्यानदिई कामगर्न हामी प्रतिवद्ध छौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान