२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सदरमुकाम भित्रै सडक नभएपछि जनता आफै खन्दै

२०७४, ८ कार्तिक बुधबार १२:५६

प्रेम सुनार | कात्तिक ८, गुल्मी । ५० औं वर्ष अघि देखि गुल्मीको सदरमुकाम तम्घास रहेको र  गणतन्त्र पश्चात रेसुङ्गा नगरपाललिका बनेको स्थान नै विकास  निर्माणमा वत्ति मुनिको अँध्यारो रहेको छ । सदरमुकाम भित्र रहेको रेसुङ्गा नगरपालिकाको अधिकांस टोलहरु सम्म पुग्ने मोटर बाटो अझै पुगेको छैन् । 

विगतका गाविस भित्रको त कुरै नगरौ सविकको सदरमुकाम तम्घास भित्रैका अधिकांस टोलहरुमा मोटरबाटो सुविधा पुगेको छैन् । त्यो मध्येको एक हो रेसुङ्गा नगरपालिका वडा नम्वर २ को बुढिचौर  । वुटवल देखि गाडीमा ल्याएको सरसमान ढोकोमा बोकेर माथी घरमा पुराउँदै आएको बुढिचौरवासीलाई उपल्लो तम्घासको चोकबाट मोटरबाटो त खनियो तर प्रभावकारी हुन सकेन । 


जुनबाटो बाट हलुका ट्याक्टर सिवाय नजान सके पछि त्यस गाउँवासीले बुधवार देखि घर घरबाट कैची कोदालो र घन लिएर आफै मोटरबाटो खन्न थालेका छन् । गाउँवासीले वडा सदस्य सन्त नेपालीलाई समेत मोटरबाटो खन्न लिएर आएका छन् । 

२०६६ साल देखि आफुहरुले बुढिचौर सम्मको मोटरबाटो सुविधाका लागि माग गरे पनि सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको चुनौती दिन  जनताहरुले नै बाटो खन्न लागेको स्थानियवासी राजु भलामीले बताए । अर्का स्थानियवासी हिमबहादुर भलामीले हिड्डुल भन्दा पनि सरसमान लैजान गाह्रो भए पछि जनता आफै जुटेर मोटरबाटो खन्न लागेको बताए । 

स्थानि समाज सेवी पुर्णप्रसाद मरासीनीले अहिले सम्म कसैबाट सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको ध्यानकृष्ट गराउन जनताले आफै खन्न थालेको बताए ।  वडा सदस्य सन्त नेपालीले त्यो कुरा स्वीकार गर्दै आफु मोटरबाटो खन्न आएको बताए । श्रोतका अनुसार त्यहाँ मोटरबाट मर्मत वा विस्तारका लागि ३ लाख रुपैयाँ परे पनि विवादमा परेको छ । 

 यस सम्वन्धमा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण वराल सुनार संग सम्पर्क राख्दा उनले आफुले एक हप्ता कुर्नुहोस् भन्दा पनि स्थानियवासीले नमानेर आफै खन्न थाल्नु भएको बताए । 

उपल्लो तम्घास चोकबाट खनिएको बाटो निकै उकाले भएर ट्याक्टर समेत जान नसक्ने भए पछि देउराली  नजिकै भर्लाचौरबाट बुढीचौर सम्म मोटरबाटो खोल्नका लागि रकम परेको छ तर स्थानियले त्यो बाटो हुँदैन भनेर विरोध गर्दै आउनु भएको थियो वडाध्यक्ष वरालले भने आज अर्कै ठाउँबाट आफै खन्न थाल्नु भएछ ।

उनले स्थानियको माग जायज भए पनि धारामुल सामदायिक वन उपभोक्ता समिति संग समन्व्य गरेर बाटो खन्नु पर्ने सुझाव दिए । उनले वडा नम्वर ९ कै उपल्लो तम्घासको चोक देखि  चारीखोला सम्म जोड्ने मोटरबाटो समेत एक जना व्यक्तिको अवरोधका कारण खने २०४८ साल देखि अलपत्र परेको बताए । विकास निर्माणमा कुनै एक व्यक्तिका कारण अरु जनतालाई दुख दिन हुने गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण