२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी सदरमुकाम भित्रै सडक नभएपछि जनता आफै खन्दै

८ कार्तिक २०७४, बुधबार १२:५६

प्रेम सुनार | कात्तिक ८, गुल्मी । ५० औं वर्ष अघि देखि गुल्मीको सदरमुकाम तम्घास रहेको र  गणतन्त्र पश्चात रेसुङ्गा नगरपाललिका बनेको स्थान नै विकास  निर्माणमा वत्ति मुनिको अँध्यारो रहेको छ । सदरमुकाम भित्र रहेको रेसुङ्गा नगरपालिकाको अधिकांस टोलहरु सम्म पुग्ने मोटर बाटो अझै पुगेको छैन् । 

विगतका गाविस भित्रको त कुरै नगरौ सविकको सदरमुकाम तम्घास भित्रैका अधिकांस टोलहरुमा मोटरबाटो सुविधा पुगेको छैन् । त्यो मध्येको एक हो रेसुङ्गा नगरपालिका वडा नम्वर २ को बुढिचौर  । वुटवल देखि गाडीमा ल्याएको सरसमान ढोकोमा बोकेर माथी घरमा पुराउँदै आएको बुढिचौरवासीलाई उपल्लो तम्घासको चोकबाट मोटरबाटो त खनियो तर प्रभावकारी हुन सकेन । 


जुनबाटो बाट हलुका ट्याक्टर सिवाय नजान सके पछि त्यस गाउँवासीले बुधवार देखि घर घरबाट कैची कोदालो र घन लिएर आफै मोटरबाटो खन्न थालेका छन् । गाउँवासीले वडा सदस्य सन्त नेपालीलाई समेत मोटरबाटो खन्न लिएर आएका छन् । 

२०६६ साल देखि आफुहरुले बुढिचौर सम्मको मोटरबाटो सुविधाका लागि माग गरे पनि सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको चुनौती दिन  जनताहरुले नै बाटो खन्न लागेको स्थानियवासी राजु भलामीले बताए । अर्का स्थानियवासी हिमबहादुर भलामीले हिड्डुल भन्दा पनि सरसमान लैजान गाह्रो भए पछि जनता आफै जुटेर मोटरबाटो खन्न लागेको बताए । 

स्थानि समाज सेवी पुर्णप्रसाद मरासीनीले अहिले सम्म कसैबाट सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको ध्यानकृष्ट गराउन जनताले आफै खन्न थालेको बताए ।  वडा सदस्य सन्त नेपालीले त्यो कुरा स्वीकार गर्दै आफु मोटरबाटो खन्न आएको बताए । श्रोतका अनुसार त्यहाँ मोटरबाट मर्मत वा विस्तारका लागि ३ लाख रुपैयाँ परे पनि विवादमा परेको छ । 

 यस सम्वन्धमा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण वराल सुनार संग सम्पर्क राख्दा उनले आफुले एक हप्ता कुर्नुहोस् भन्दा पनि स्थानियवासीले नमानेर आफै खन्न थाल्नु भएको बताए । 

उपल्लो तम्घास चोकबाट खनिएको बाटो निकै उकाले भएर ट्याक्टर समेत जान नसक्ने भए पछि देउराली  नजिकै भर्लाचौरबाट बुढीचौर सम्म मोटरबाटो खोल्नका लागि रकम परेको छ तर स्थानियले त्यो बाटो हुँदैन भनेर विरोध गर्दै आउनु भएको थियो वडाध्यक्ष वरालले भने आज अर्कै ठाउँबाट आफै खन्न थाल्नु भएछ ।

उनले स्थानियको माग जायज भए पनि धारामुल सामदायिक वन उपभोक्ता समिति संग समन्व्य गरेर बाटो खन्नु पर्ने सुझाव दिए । उनले वडा नम्वर ९ कै उपल्लो तम्घासको चोक देखि  चारीखोला सम्म जोड्ने मोटरबाटो समेत एक जना व्यक्तिको अवरोधका कारण खने २०४८ साल देखि अलपत्र परेको बताए । विकास निर्माणमा कुनै एक व्यक्तिका कारण अरु जनतालाई दुख दिन हुने गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…