2026-09-08 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिवन्ध

शंकर केसी/कात्तिक १०, सल्यान । सल्यानका विभिन्न स्थानमा लाग्ने परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिवन्ध लगाइएको छ । 

स्थानीय तहका जनप्रतिनिधीहरुले निर्णय गरेर नै मेलामा जुवा खेल्न र जाँड रक्सी विक्रि वितरण, सेवनमा रोक लगाएका हुन् । यस अघिका वर्षहरुमा लाग्ने प्रायः सबैजसो मेलामा लाखौँ रुपैयाको जुवा चल्ने गर्दथ्यो । प्रहरी समेत जुवा हेरेर बस्ने गर्दथ्यो । जिल्लाको रुम्टीलेख मेला, दहबन मेला लगाएत परापूर्व कालदेखि लाग्दै आएका मेलामा खुलेआम ख्वारख्वारे जस्ता खेल चल्दथे ।

मेलामा युवाहरुले जाँडरक्सी सेवन गरेर लडाइ झगडा समेत गर्ने र नशाको जोशमा लाखौ रुपैया जुवा खेलेर हार्ने क्रम बढेपछि सथानीय सरकारका जनप्रतिनिधीहरुले जुवा तास र मदिरामा प्रतिबन्ध लगाएका हुन् । हिजो आज लाग्ने मेला शान्त देखिने गरेको स्थानीयहरुले बताएका छन् ।

कोहि कसैले पनि जुवामा धनसम्पत्ती गुमाउन नपरोस् र शान्त अनी सभ्य समाज निर्माण होओस् भन्ने चाहनाको साथ आफ्नो गाउँपालिकाका सबै मेलामा जुवा र मदिरामा प्रतिबन्ध लगाइएको छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए ।

उनले भने– ‘हाम्रो गाउँपालिकाको छाँयाछेत्र, लेखपोखरा, दमाचौर लगाएतका स्थानमा मेला लाग्ने गर्छ, ती सबै मेलामा कुनै पनि किसिमको जुवा खेल्न र जाँडरक्सी खान, बेच्न प्रतिबन्ध लगाएका छौं ।’ उनले मेलालाइ विकृति र विसंगती मुक्त बनाउन आफुहरुले यस्तो निर्णय गरेको बताए । परम्परागत मेलामा मौलीक कलासंस्कृती, स्थानीय व्यापार, व्यवशायलाइ प्राथमिकता दिएर पर्यटकहरु भित्राउनुपर्नेमा केसीले जोड दिए । 

मेलामा बालक, महिलाहरु समेतले जुवा खेल्ने गरेको र यसले विकृती बढ्दै गएकोले प्रतिबन्ध लगाउनुपरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए । ‘अव हाम्रो चाहना र उद्देश्य समृद्ध समाज बनाउनु हो,’ उनले भने– ‘कोहि कसैले जुवा संचालन गरेमा मेलामा जाँडरक्सी बेच्न र सेवन गरेर होहल्ला गरेमा हामी तुरुन्तै कारवाहि गर्छाै ।’ सल्यानका कतीपय मेलामा केहि व्यक्तिले जुवाको ठेक्का समेत लिनेगरेका थिए । 

प्रतिबन्धीत जुवाजन्य खेलहरुमा धेरै जनाले ठगिएको गुनासो पनि गर्दथे । मेलामा रमाइलो गर्ने नाममा जुवाजन्य खेल खेलाउने कार्य र खुल्ला मदीरा विक्रीले विकृती ल्याएको भन्दै यसलाई स्थानीय सरकारले रोक लगाएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ