राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनचेतना सामुदायिक सिकाई केन्द्रद्धारा नवनिर्वाचित पदाधिकारी सम्मानित

११ कार्तिक २०७४, शनिबार ०२:०६


राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् । 

कर्जन्हा नगरपालिका वडा नं.७ मा रहेको संस्थाको कार्यालयमा आायोजित सम्मान  कार्यक्रममा नवनिर्वाचित मेयर गंगा पासवान, उपमेयर ज्ञानु श्रेष्ठ, प्रत्येक बडाका बडा अध्यक्षहरु, उमावि कर्जन्हाका प्रधानाध्यापक लक्ष्मी हाय र रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितको साथै बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जन भन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले जानकारी दिए ।

स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, समाजिक विकास, खेलकुद, उन्नत खेति, पशुपालन, घरेलु उद्योग, कुरित लगायतका क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका सदस्य बिपतिया साहले बताए ।

कार्यकममा संस्थाले आर्थिक बर्ष २०७३÷०७४ को आयव्यायको साथै  वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।  

कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्रि अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब लगायत, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थित रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड