कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितला"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साझा सबालकर्मी पंडित सम्मानित

११ कार्तिक २०७४, शनिबार ०२:११


कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितलाई सम्मान गरेको छ । 

करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पंडितलाई समाजिक, र्आिर्थक, राजनितिक, शैक्षिक र विकास निर्माणका काममा योगदान पुर्याएको भन्दै संस्थाले शुक्रवार दोसल्ला ओढाइ सम्मान गरेको हो । 

सिरहा जिल्लामा रही पत्रकारीता मार्फत आमजनतासंग सरोकार राख्ने विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै कर्जन्हा नगरपालिका ७ सिमरामा आयोजना गरिएको कार्यक्रममा पत्रकार पंडितलाई संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले सम्मान गरेका हुन् ।

साझासबाल डटकमका सिरहा सम्पादक रहेका पत्रकार पंडित अप्पन टेलिभिजनका सिरहा समाचारदाता समेत हुन् । संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई समेत सम्मान गरेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्रि अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थिति रहेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड