चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने ता"/>

2026-08-27 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा निर्वाचन सम्बन्धी पत्रकारलाई एक दिने तालिम


चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने तालिम दिइएको छ । 

आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर शुक्रबार खोटाङमा एक दिने तालिम दिइएको हो । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा निर्वाचन सफल बनाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आचारसंहिता, गोपनीयता लगायतका विषयमा जानकारी गराइएको छ । 

जिल्लामा क्रियाशील १७ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य र जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो । 

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशील पत्रकारहरुको सुरक्षाका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । “पत्रकारहरु सूचनाको सम्वाहक हुन् ।” उहाँले भन्नुभयो, “सूचनाको सम्वाहक पत्रकारहरुको सुरक्षाका लागि प्रशासन सम्वेदनशील रहेको छ ।”

प्रजिअ अधिकारीले निर्वाचनसँगै जिल्लामा हुने हरेक गतिविधिलाई निर्धक्क भएर प्रकाशन तथा प्रशारण गर्न पत्रकारहरुलाई सुझाव पनि दिनुभयो । “सत्य, तथ्य र विश्वसनीय समाचार प्रकाशन तथा प्रशारण गर्नु पत्रकारको धर्म नै हो ।” उहाँले भन्नुभयो, “यथार्थ विषयलाई लिएर पत्रकारले समाचार लेख्दा कुनै पनि घटना हुन दिइने छैन ।”

निर्वाचन कार्यालयले मतदाता शिक्षालाई जनस्तरसम्म पु¥याउन सामाजिक परिचालक, शिक्षक, वडा सचिव लगायतलाई पनि तालिम दिने तयारी गरेको छ । प्रदेशसभामा दुई क्षेत्र र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा राजनीतिक दलहरु आफ्नो चुनावी अभियानलाई लिएर गाउँगाउँमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’