२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

राँको वालेर पानी बोक्ने मुसिकोटवासीलाई अब तल खोलाको पानी माथी डाँडामा

२०७४, ११ कार्तिक शनिबार ०७:५६

प्रेम सुनार/कात्तिक ११, गुल्मी । राती दुई बजे उठेर राँको बाल्दै पँधेरोमा जानु र विहान ८ देखि १० वजे तिर एक गाग्रो पानी लिएर आउनु गुल्मी मुसिकोट गाउँका जनताको सदिऔं देखिको समस्या हो । 

हाल मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने साविकको मुसिकोट गावासिको  बुढाथोक टोलको दलित बस्ती , देउराली, अर्सौंदी, पात्लाकोट लगायतका सयौं घरधुरीले सदियौं देखिको त्यही विकाराल समस्याको अव दिर्घकालिन समधान हुँदैछ  ।

नेपाल सरकार, फिनडा सरकार, मुसिकोट नगरपालिका र उपभोक्ताको श्रमदान सहित १ करोड ३३ लाख लागतमा जलकुने सौरपाटा लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाको काम यति वेला धमाधम सुरु गरेका छन स्थानियवासीले । उपल्ला गराको पानी तल्ला गरामा जान्छ तल्ला गराको पानी उपल्ला गरामा कहिल्लै जान्न भनेर उखान हाल्ने बुढापाकाहरु नै यति वेला तल खोलाको पानी माथी डाँडामा ल्याउन श्रमदान गरिरहेका छन् ।


१ सय ६५ घरधुरी, त्यहाँको शैक्षिक संस्था, वडा कार्यालय मातहतका अन्य कायालय सहित करिव ९ सय २९ जना लाभान्वित हुने उपभोक्ता समितिका सहसचिव महेन्द्र घिमिरेले बताए । लाभान्वित हुने साविको मुसिकोट वडा नम्वर ५, ८ र ९ का जनता यति वेला माथी श्रृङ्गामा गिटी फोर्न जुटेका छन् । खानेपानी घर घरमा आउने खुशीले जनता स्वतस्फुर्त घरबाट निस्केर जनश्रमदानमा जुटेको घिमिरेले बताए ।

घिमिरेको अनुसार उक्त योजना आगमी वर्षको असार मशान्त सम्म सम्पन्न हुने र सदियौं देखिको खानेपानी समस्य समधान हुने छ । त्यस गाउँमा त्दुई दशक अघि गार्डेप भन्ने संस्थाले आकाशे पानी संकल घैटा बनाएर केहि सहुलियत प्रदान गरेको थियो । त्यो प्रभावकारी हुन सकेन् । पछि ह्वाङ्गदी नेटा दर्लिङ्ग, पौदीअमराई मुसिकोट बडागाउँ खानेपानी योजना ल्याईयो ।

त्यसले पनि थेक्न सकेन । उक्त योजनाको पानी  मर्मत सम्भारको अभावमा नियमित हुन सकेन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अव उक्त योजनाको पनि मर्मत सम्भार गरिने, मुसिकोट लगायत साविकको बडागाउँ, पौदीअमराई लगायतका अन्य डाँडालाईनमा पनि विकराल खानेपानीको समस्या समधान गर्न अरु लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु पारिएको बताए । 

उक्त नगरपालिकाका करिव २३ हजार भन्दा बढि जनसंख्या मध्ये दोव्वर बढि जनता माथी डाँडालाईनमा बस्छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण