१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युथ्स भ्वाईसद्वारा हात्ती पीडितलाई खाद्यान्न र लुगाकपडा सहयोग

११ कार्तिक २०७४, शनिबार ०८:०२

कात्तिक ११, कञ्चनपुर । युथ्स भ्वाईस महेन्द्रनगरले कञ्चनपुरका हात्ती पीडितलाई सहयोग गरेको छ । 

शनिबार युथ्स भ्वाईसले कञ्चनपुर बेल्डाँडी–१ झर्नासागरका हात्ती पीडित गगन सिह महरालाई खाद्यान्न र लुगा कपडा सहयोग गरेको हो ।

युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष शुनिल सिह बोहराले आपत विपद् संकट परेका बेला मानविय सहयोग भन्दै हात्ती पीडित महरालाई सहयोग गरेको बताए । 

अध्यक्ष बोहराका अनुसार हात्ती पीडित महरालाई एक क्विन्टल चामल, पीडित परिवारका तीन बालबालिका, दुई बयस्क, महिला र बृद्धका लागि हिउँदमा लगाउने सात सात जोर लत्ताकपडाका साथै ३ थान डसना, ३ थान तन्ना र २सिरानी सहयोग गरिएको छ । युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष बोहरा सहितका पदाधिकारीले पीडित महरालाई शनिबार उक्त राहत समाग्री हस्तान्तरण गरेका छन् । 

राहत समाग्री हस्तान्तरण गर्दै युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष बोहराले सानै भएपनी पीडितको घाउमा मलम लगाउनका लागि सहयोग गरेको बताए । ‘थुथ्स भ्वाईसले प्रतिनिधीमुलक सहयोग मात्रै गरेको हो, ‘उनले भने, ‘समाजका पीडित नागरिकको सबैले उद्दार गर्नुपर्छ ।’ 

अध्यक्ष बोहराले युथ्स भ्वाईस महेन्द्रनगरले भुकम्प, वाढीपीडित, विपन्न बालबालिका र संकटमा परेका नागरिकको उद्दारका लागि काम गर्दै आएको बताए । कञ्चनपुर जिल्ला सदरमुकाम लगायतका शहरको सरसफाईमा समेत थुथ्स भ्वाईसले पहल कदम गरेको अध्यक्ष बोहराले बताए । 

आगामी दिनमा समेत युथ्स भ्वाईसले समाजिक काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । राहत समाग्री ग्रहण गर्दै हात्ती पीडित महराले युथ्स भ्वाईस महेन्द्रनगरले गरेको सहयोग अविष्मरणीय भएको बताए । 

तिहारकै मुखमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको एक हात्तीको बथानले महराको घर भत्काए पछि विचल्लीमा परेका थिए । महराको घर भत्काउनुका साथै घरभित्र रहेको अन्न समेत नष्ट गरिदिएको थियो ।

 सरकारी निकायबाट राहत प्राप्त गर्ने प्रकृया ढिलाई हुँदा उनको दैनिकी समेत समस्यामा पर्दै आएको छ । संचार माध्यममा हात्ती पीडितको विचल्ली समाचार प्रकासित भएपछी पीडित महरालाई कञ्चनपुरका विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । 

हात्ती पीडित महराले सहयोग गर्ने सबैलाई धन्यवाद समेत प्रकट गरेका छन् । पछिल्ला बर्षहरुमा कञ्चनपुरका जंगली हात्तीको आतङ्कले यहाँका कृषक मारमा पर्दै आएका छन् । सरकारी निकायले दिने राहत प्रकृया ढिलाईका कारण मानव र बन्यजन्तु विचको द्वन्द्व समेत बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड