दशगजा क्षेत्रमा विद्युतीय तारबार लगाउन माग

Posted on: 29 Oct, 2017

कात्तिक १२, कंचनपुर | कञ्चनपुरका हात्ती पीडितले हात्ती आतङ्कबाट बाँच्नका लागि दशगजा क्षेत्रमा विद्युतीय तारबार लगाउन माग अघि सारेका छन् । बर्षनी भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले अन्नबाली नष्ट गरिदिनुका साथै मानविय जिउधन लिने भएकाले सीमा क्षेत्रमै हात्ती नियन्त्रणका लागि विद्युतीय तार र टे«न्च निर्माणको माग अघि सारेका हुन् । 

आइतबार खाद्य अधिकार संजाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको दुधुवा राष्ट्रिय निकुञ्जले खाद्य अधिकारमा पारेको असरबारे छलफलमा सहभागि हात्ती पीडितले हात्तीकै कारण रातमा निन्द्रा दिनमा भोक हराएको गुनासो पोखे । 

पुर्नवासका हात्ती पीडित भूमिराज आर्चायले हात्तीले पाक्नै लागेको बालीनाली नष्ट गरिदिने गरेको बताए । ‘हामीले खेती भित्र्राउन नपाउदै हात्तीको बथानले खाईदिन्छ, ‘उनले भने, ‘खेती संगै हामीलाई समेत समस्यामा पार्दछ ।’ 

बेल्डाँडीका हात्ती पीडित गगन महराले हात्तीले घरका साथै अन्नबाली नष्ट गरिदिएपछि विचल्लीमा परेको बताए । ‘मेरो घर हात्तीले भत्काईदियो, अन्न समेत नष्ट गर्यो, ‘उनले भने, ‘घर परिवारले धौउधौउ ज्यान जोगायौँ ।’ घर भत्काएको हप्तादिन वितिसक्दा पनि सरकारी निकायबाट राहत र क्षतिपूर्ति नपाएको दुखेसो पोखे । हात्ती पीडित एव दुधुवा राष्ट्रिय निकुञ्ज बन्यजन्तु पीडित संघर्ष समितिका अध्यक्ष केशव प्रशाद तिम्लिसिनाले जंगली हात्तीका कारण कञ्चनपुरको दक्षिणी क्षेत्र आक्र्रान्त बन्दै गएको बताए । 

बर्षनी भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथानले अन्नबाली, आवासका साथै नागरिकलाई समेत त्रसित पार्दै आएको बताए । ‘हात्तीका कारण हामीले बाँच्न पाउने र खान पाउने अधिकारको पुर्ण हनन् भएको छ, ‘उनले भने, ‘हाम्रो खाद्य अधिकार अझै सुरक्षित भएको छैन् ।’ हात्ती नियन्त्रणका लागि अल्प र दिर्घकालिन योजना अघि सारेर नागरिकलाई सुरक्षित पार्न समेत अध्यक्ष तिम्लिसिनाले माग गरे । उनले सरकारले दिने राहत र क्षतिपुर्ति प्रकृया लामो भएकाले पनि पीडितलाई झन पीडाबोध हुने बताए । पुर्नवासका हात्ती पीडित एव दुधुवा निकुञ्ज बन्यजन्तु पीडित संघर्ष समितिका सदस्य श्याम परिवारले विगत ५/६बर्षदेखि जंगली हात्तीले दक्षिणी क्षेत्रमा आतङ्ग मच्याएपछि सम्बन्धी निकायबाट त्यसको खासै जिम्मेबारीता ननिभाएका कारण पीडितको पीडा उस्तै रहेको बताए । 

 जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रशाद शर्माले हात्तीबाट बाँच्नका लागि वैकल्पिक खेती गर्नुपर्ने सुझाव दिए । राहत प्रकृया ढिलाई हुँदा पीडितलाई समस्या हुने गरेको बताउदै उनले राहत र क्षतिपुर्तीका लागि नीतिगत रुपमै कार्यविधि बन्नुपर्नेमा जोडदिए ।

 कञ्चनपुरका मुख्य तीन ठुला राजनीतिक दलका नेताहरुले हात्ती पीडितको अधिकार सुनिश्चित हुन नसकेको भन्दै उनीहरुको अधिकारका लागि राजनीतिक दलबाट समेत पहल गर्ने आवश्वासन दिएका छन् । नीतिगत रुपमा आ–आफ्नो पार्टीबाट पहल कदमी अघि बढाउने नेताहरुले  प्रतिबद्धता जाहेर गरेका छन् । 

 नेकपा माओवादी केन्द्रका नेता कृष्ण दत्त जोशीले राज्यको कमजोरीका कारण पीडितले समयमै राहत नपाउने समस्या हरेको बताए । ‘हात्तीले बढिक्षती पुर्याउँछ, ‘उनले भने, ‘राहत र क्षतिपुर्ति कम र ढिला पाईन्छ ।’ नेपाली काँग्रेसका नेता गणेश विकले पीडितलाई राहत दिनका लागि बनेका ऐन कानुन कार्यान्वयन ढिलासुस्ती हुँदा पीडितले समयमै राहत र क्षतिपुर्ती नपाएको बताए । सुकुमबासी सबैलाई समान रुपमा राहत दिनुपर्ने उनको भनाई छ । 

नेकपा एमालेका नेता लिलाध्वज बस्नेतले राज्यको स्पष्ट नीती नभएका कारण पीडितले राहत पाउन समस्या भएको बताए । पीडितको लागि राहत र क्षतिपूर्तिका लागि दलहरु जिम्मेबार बन्नुपर्नेमा उनले जोडदिए । 

खाद्य अधिकार संजाल कञ्चनपुरका अध्यक्ष कोमलनिरन्जन भाटले अझै पनि हात्ती पीडितको खाद्य अधिकार सुनिश्चित हुन नसकेको बताए । उनले हात्ती पीडितको खाद्य अधिकार सुनिश्चिताका लागि थुप्रै पहल भएको बताउदै ६ किलोमिटर सैर्य तारबार जडान गरिएको बताए । पीडितलाई अधिकारप्रति जागरुक बनाईएको बताउदै पीडित अहिले अधिकारका लागि हरेक निकायमा धाउन सक्ने भएको उनको भनाई छ ।  यहाँका जानकारले मानव र बन्यजन्तु विचको दुरी घटनाउनका लागि समेत पीडितको न्याका लागि विभिन्न कार्यक्रम संचालन गर्न सरकारलाई सुझाव दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!