प्रेम सुनार | कात्तिक १३, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक १३, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बि"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी दुर्घटनामा मृत्युको संख्या १० पुग्यो, ६ को सनाखत (५ तश्विर)

१३ कार्तिक २०७४, सोमबार १२:४९


प्रेम सुनार | कात्तिक १३, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउंपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको र ७  जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र ३ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।


मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ९ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका राम प्रसाद पाण्डेय, मुसिकोट ३ का ५० बर्षिय मान कुमारी थापा मगर, व्रटिश वेलफेयर तम्घासका स्टाफ केवी गुरुङ ,चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।


सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।


दुर्घटनामा परेको गाडी सड्कबाट करिव ३ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…