१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुरमा कमलहरी प्रथा अझै अन्त्य भएन

१३ कार्तिक २०७४, सोमबार १२:५१

कार्तिक १३, टीकापुर । कैलालीको टीकापुरमा कमलहरी प्रथा अझै पनि अन्त्य हुन सकेको छैन । 

तर नेताहरु तथा अन्य भलादमिहरुले आफ्नो भाषणमा मात्र कमलहरी प्रथा अन्त्य भएको कुरा बिभिन्न कार्यक्रममा भन्दै आएका छन् ।

कार्तिक १२ गते आईतबार टिकापुर नगरपालिका वडा न १ मा वडा कार्यलयका कर्मचारीहरुलाइ काम गर्न हम्मेहम्मे परिरहेको बेला एकहुल थारु युवतीहरुको भिड लागेको थियो । दिनहुँ जसो कार्यलयमा आउने थुप्रै सेवाग्राहीहरु आ-आफ्नो पालो कुरेर बसिरहेका हुन्थे, त्यही हुल आफूलाई कमलहरी भएको प्रमाणित गर्न थुप्रै कमलहरी युवतीहरु घण्टौसम्म उभिरहेका थिए ।


नेपालबाट कमलरि प्रथा उन्मुलन भईसकेको सरिकारि तथ्यांकले जनाए पनि टीकापुर जस्तो बिकाशोन्मुख सहरमा ती कमलहरीहरुले आफु कमलहरी  भएको कुरा प्रमाणित गर्न आएको देखेपछि उपस्थित सेवाग्राही पनि अचम्मित भएको प्रत्यक्षदर्शी तथा सुदूर पत्र साप्ताहिकका सम्पादक धनञ्जय न्यौपानेले जानकारी दिनुभयो । 

नेपालबाटै उन्मूलन भइसकेको कमलहरी प्रथा टीकापुर क्षेत्रमा पनि बर्तमान अबस्थामा रहेको कुरा अहिलेसम्म सुन्नमा आएको छैन तर पनि सरकारले र टीकापुर क्षेत्रका नेता तथा ठुलाबडाले बिना खोजी कमलरि प्रथा अन्त्य भएको कुरा बारम्बार दोहोर्याइ रहदा कमलरि प्रथा उन्मूलन नभई अब झन बढ़ने जस्तो देखिन्छ । 

 वडा कार्यलय पुगेका यी थारु युवतीका कुराहरुलाई बुझ्दा कमलहरी भएको प्रमाणपत्र नगरपालिकाले आफ्नो हातमा थमाई दिए राज्यले आफुहरुलाई केहि सेवा सुबिधा दिने थियो की भन्ने मात्र हो । 

चिन्तित र दुखी मुद्रामा देखिएका ती थारु युवतीहरुले अझै सम्म आफु कमलरी जीवन बिताई रहेको तर नगरपालिका र राज्यले कुनै पहल नगरेका कारण अब वडा कार्यलय सम्म पुग्नु परेको एक युवतिले बताइन । ति युवतीले नगरपालिका र नेताहरुले राज्यसंग झूट बोलेर कमलरि प्रथालाई भित्र भित्रै लुकाई राखेको आरोप समेत लगाउनु भयो । यज्ञराज उपाध्यायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर