१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही सहित तराई मधेश क्षेत्रमा समाचकेवा पर्वको रौनक

१४ कार्तिक २०७४, मंगलवार १०:४४

सरोज यादव/कात्तिक १४, सर्लाही । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमामनाइने सामाचकेवा पर्वको रौनक सर्लाही सहित तराई मधेश क्षेत्रमा बढेर गएको छ । 

समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने गरिन्छ । समा स्त्री र चकेवा पुरुष पात्र हुन् ।

मिथिलाञ्चल भरी छठको खरनादेखि कार्तिक पूर्णिमासम्म मध्यरातिमा खेलिने सामाचकेवा पर्वका कारण यो गीत अहिले हरेक महिला र विशेष गरि युवतीहरुको मुखमुखमा झुण्डिएको छ । प्रायःजसो खाना खाएर साँझदेखि शुरु हुने यो खेल गाउँका युवती एवं महिलाले सामूहिक रुपमा खेल्छन्


यो पर्वमा मैथिल नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गितान्जली शैलीमा गाली गरी मनोरंजन गर्दछन् । कात्तिक पूर्णिमासम्म मनाइनेसमा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ । 

दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिल नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाईहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् । 

रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए