2026-10-06 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा माइक्रो बस दुर्घटना, १५ घाइते (को-को परे ?)

कात्तिक १५, इलाम । इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभाष सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, काठमाण्डौ ताराकिशोर–१० का ४८ वर्षीय ऋषिराम खत्री, काठमाडौं चन्द्रागिरी–१४ का ४१ वर्षीय अशोककुमार कार्की र काठमाडौंको कपन–११ का ५३ वर्षीय मेहरमान गुरुङ छन् ।

त्यस्तै, बागेश्वरी मनहरा–१० का ३५ वर्षीय जुहारीका घोरासैनी, तनहु भिमात–१ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा–९ का ३९ वर्षीय बिष्णुमान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका–११ का ४५ वर्षीय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का ५१ वर्षीय बिनोदकुमार पुडासैनी, स्याङ्जा बाग्लुङ नगरपालिका–११ का ३५ वर्षीय कमल पराजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका–७ का ५१ वर्षीय फलकप्रसाद पराजुली र ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी र इलाम–८ का २५ वर्षीय जीतबहादुर राई पनि घाइते भएका छन् ।

घाइते सबैको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी, तीनघरेले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का