Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा गाडी पल्टिंदा दुईको मृत्यु, १८ जना घाइते

२०७४, १५ कार्तिक बुधबार १४:४४

खकेन्द्र केसी/कात्तिक १५, सल्यान । सल्यानमा गाडी पल्टीदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्  । 

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ रिठाघारीमा आज दिउँसो यात्रुबहाक जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सल्लीबजारले  जानकारी दिएको छ । 

मृत्यु हुनेमा सुर्खेत भरीमालिका नगरपालिकाका अन्दाजी २५ वर्षिय देवराज कामी र विरेन्द्रनगर नगरपालिका निवासी धनमाया नेपाली रहेका छन् । घाइतेहरुको उद्दार कार्य भई रहेको प्रहरीले बताएको छ । 

सुर्खेत मेलकुनाबाट सल्यान कुपिण्डेतालको भ्रमणको लागी हिडेको भे १ ज ९२७ नम्बरको रिजर्भ गाडी भ्रमण गरी फर्कने क्रममा दुर्घटना भएको हो ।  गाडी सडक भन्दा २० मिटर तल खसेको छ । 

गाडी के कारण दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित