2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा जिप दुर्घट्ना हुँदा ८ जना घाईते, ३ जनाको अवस्था गम्भीर

चिसाङ शेर्पा/कात्तिक १५, खोटाङ । खोटाङमा बलेरो जिप दुर्घट्ना हुंदा ८ जना घाईते भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका – ११ राजापानीवाट यात्रु लिई महुरे आउँने क्रममा रुपाकोट मझुवागढी नगरपालिका विजयखर्क १५ को साविक वडा १ स्थित महुरे–फोक्सिङटार सडकको साँगुरे भञ्ज्याङमा बुधवार विहान साढे ९ वजे वा. १२ च ५०८५ नम्बरको वलेरो जीप दुर्घट्ना भएको हो । 

दुर्घट्नामा ३ जना यात्रुलाई टाउँको, नाक र हातमा ठुलो चोट लागेको छ । सहचालक सुवाश राईले जीप चलाउँदा साँघुरो घुम्ती सडकमा गाडी अनियन्त्रित भई दुर्घट्ना भएको वुईपा प्रहरी चौकीका असई पदम वहादुर वस्नेतले जानकारी दिनुभयो । गाडी सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ । 

घाईते हुनेहरुमा हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका २३ वर्षीय शिखर घिमिरे, ३३ वर्षीय कुमार कार्की र ४० वर्षीय गोपाल कार्की रहेका छन् । शिखरको टाउको, कुमारको हात र गोपालको नाकमा ठूलो चोट लागेको छ । अन्य घाईते हुनेमा 

५५ वर्षीय चक्रबहादुर सुयल, २८ वर्षीय राजन खत्री, ६३ वर्षीय टंक दाहाल, ४१ वर्षीय निरबहादुर खत्री, ५० वर्षीय होमनाथ कार्की रहेका छन् । घाईतेहरुको वुईपास्थित सनराईज हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ । 

चालकलाई समेत थाहा नदिइ बुलेरो चलाएर दुर्घटना गराउने सहचालक राईको सवारी चालक अनुमतीपत्र नरहेको पाइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई