२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

किन रोल्पाको भिरपहरा काट्दैछ नेपाली सेना ?

२०७४, १६ कार्तिक बिहीबार ०७:३४

उमा केसी | कात्तिक १६, रोल्पा (रासस) | होलेरी—थवाङ शहीद मार्गअन्तर्गत घर्तीगाउँ—थवाङ सडकखण्डको दुईखोलीमा नेपाली सेनाले चट्टान फोरी बाटो चौडा पार्ने कामको थालनी गरेको छ । 

रोल्पा दुईखोली गाउँपालिकाअन्तर्गत दुईखोली बजार नजिक कडा चट्टानका कारण बाटो साँगुरो हुँदा घर्तीगाउँ—थवाङ आवतजावतमा निकै कठिनाइ भएकाले नेपाली सेनाको सहयोगमा बाटो निर्माण कार्य शुरु गरिएको दुईखोली गाउँपालिकाका विश्वकुमार चन्दले जानकारी दिनुभयो । 

शहीद मार्गको सो सडकखण्डमा २.५ मिटर मात्रै फराकिलो रहेको तथा सडक समेत उकालो रहेकाले दुर्घटनाको समेत ठूलो सम्भावना रहेकाले बेलैमा निर्माण कार्य थालिएको चन्दले जानकारी दिनुभयो । सामान्य कामदारबाट निर्माण कार्य सम्भव नभएकाले नेपाली सेनाको सहयोग लिइएको चन्दले बताउनुभयो । 

शहीद मार्ग सडक आयोजनाले अनुरोध गरेअनुसार सो सडक खण्डका विभिन्न स्थान गरी ५०० मिटर सडक चौडा गर्न रोल्पामा रहेको नेपाली सेनाको खड्ग दल गणको एक टुकडीले विष्फोटक पदार्थसहित योजनास्थल पुगी निर्माण कार्य शुरु गरेको छ । विष्फोटक पदार्थ समेत प्रयोग गरी सडक चौडा कार्य १० दिनभित्र सम्पन्न गरिने सैन्य स्रोतले बताएको छ । 

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई समेत ध्यान दिई निर्माण कार्य आरम्भ गरिएको सडक निर्माणसँगै सो सडकखण्डमा बाह्रै महिना यातायातका साधन चल्ने अपेक्षा गरिएको छ । सडक सुधारले उत्तरी रोल्पाका रांकोट, रांसी, कुरेली, मिरुल, थवाङ र पूर्वी रुकुमका समेत विभिन्न गाउँका जनतालाई आवतजावतमा सहज हुने बताइएको छ । 

सो सडकखण्ड सुधारसँगै घर्तीगाउँ—थवाङ सवारी आवतजावतमा सहज हुने दुईखोली गाउँपालिकाका लोकेन्द्र चन्दले बताउनुभयो । सो सडकखण्डको अन्य केही भाग सुधार भए थवाङलाई बाह्रै महिना सडक सञ्जालमा जोड्न सकिने चन्दले जानकारी दिनुभयो । 

रोल्पा जिल्लाका अधिकांश स्थानमा सडक सञ्जाल विस्तार भएका छन् । विस्तार भएका सडकमध्ये अधिकांश स्थानमा यातायातका साधन सञ्चालनमा आएका छैनन् भने यातायात चल्ने सडक पनि साँघुरा हुनुका साथै भिरपहरा रहेकाले यातायातका साधन सञ्चालनमा समस्या हँुदै आएको जलजला यातायात व्यवसायी समिति, रोल्पाका पूर्व महासचिव रामचन्द्र थापाले बताउनुभयो । 

नेपाली सेनाको खड्ग दल गणले यसअघि रोल्पा—सुलिचौर—थवाङ सडकखण्डको सिरक्याङ भिरको कहालीलाग्दो चट्टान फोरेर सडक निर्माण गरेको थियो । 

नमूना विद्यालय अभियानअन्तर्गत बलभद्र मावि, थवाङको अनुरोधअनुसार सो गणले सो विद्यालयको दुई कोठे पक्की भवन निर्माण पनि आफ्नै लगानीमा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा