Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आइएमईको छात्रवृत्ती रकम सल्यानका सुलभलाई

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी/कात्तिक १६, सल्यान । सल्यानका एक बालकले आइएमईको तर्फबाट १० हजार छात्रवृत्ति प्राप्त गरेका छन ।

एमएम एकेडेमी खलंगामा कक्षा ४ मा पढ्ने सल्यान शारदा नगरपालिका ३ का सुलभ गुरुङले आकांक्षा छात्रवृत्ती प्राप्त गरेका हुन । उज्वल भविष्यको तपाइको आकांक्षलाई हाम्रो साथ अन्तरगत उनले छात्रवृत्ती प्राप्त गरेका हुन । आइएमई र ग्लोवल आइएमइको साझेदारीमा प्रदान गरिने आकांक्षा छात्रवृत्ति पुरस्कारका विरतण कार्यक्रमलाई सम्बोधनका क्रममा आइएमइका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु नेम्वाङले आइएमइले जेहेन्दार तथा आर्थीक अवस्था कमजोर रहेका विद्यार्थीलाई उसले भरेको फारामको आधारमा छात्रवृत्ती वितरण गर्ने बताएका छन ।

देशभरीका एकसय विद्यार्थीलाई उनिहरुको पठनपाठनमा सहयोग हवस भनेर आइएमई र आइएमई बैंकले १० लाख शिक्षाको क्षेत्रमा लगानी गर्ने भन्दै उनले यो रकमले पाठ्यपुस्तक, शैक्षिक सामाग्री खरिदमा सहयोग पुराउने अपेक्षा रहेको बताएका छन ।

एक कार्यक्रमको आयोजना गरि विद्यालयको प्राङगणमा १० हजारको चेक रकम विद्यालयका प्रिन्सिपल पुर्ण बहादुर भण्डारी मार्फत विद्यार्थीलाई प्रदान गरिएको हो । विद्यालयका व्यवस्थापक महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आइएमइका केन्द्रिय कार्यालयका निर्जन श्रेष्ठ, सायल शर्मा र दिलिप खनालको पनि सहभागिता रहेको थियो ।

खलंगामा आइएमई संचालन गरिरहेका उत्सव श्रेष्ठले फाराम भरेका २६ जना विद्यार्थी मध्ये सुलभ गुरुङले उक्त छात्रवृत्ति प्राप्त गरेका हुन । विद्यालयका विद्यार्थी, शिक्षकको उपस्थितीमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष दिपक बोहरा विद्यालयका प्रिन्सिपल पुर्ण बहादुर भण्डारी, पत्रकार डिल्लीराज रावतको पनि सहभागिता रहेको थियो ।