१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रहरले प्रबेश गरिने पत्रकारीता कहिलेकाही जहर बन्छः म्यानेजर धमाला

१६ चैत्र २०७२, मंगलवार १३:२२

चैत १६, कालिकोट । रहरले प्रवेश गरिने पत्रकारीता क्षेत्र इमान्दारीता, लगशिलता, निरन्तरता हुन नसके त्यहि क्षेत्र कहिलेकाही जहर बन्ने नेपाल पत्रकार महासंघ शाखा कालिकोटका सचिवालय सदस्य एव रेडियो नयाँ कर्नाली एफएमका स्टेशन म्यानेजर कृष्णराज धमालाले बताउनु भएको छ ।

kalikot
नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाम मान्मको स्वीसबेल रेष्टुरेन्टमा आयोजित संचार माध्यमका संचालक र कार्यरत प्रत्रकारहरु विचको अन्तरक्रिया कार्यक्रममा बोल्दै धमालाले यस्तो कुरा बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको अध्यक्षता जिल्ला हुलाक कार्यालयका प्रमुख श्यामभक्त आचार्यको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बोल्दै धमालाले हामी पत्रकारिता क्षेत्रमा काम गर्दै जादा उचित र उपयुक्त सेवा सूविधा पाएनौं भन्ने भन्दा पनि आफु कार्यरत मेडियामा लगनशिल इमान्दारीता र निरन्तरताका साथ काम गरे नगरेको त्यसलाई औल्याउन जरुरी रहेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रम प्रमुख अथिति एवं जिल्ला हुलाक कार्यालयका प्रमुख श्यामभक्त आचार्यले जिल्लामा संचालित सम्पूर्ण मेडियाहरुको अवस्थाबारे रेखदेख गरी यसलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन जिल्ला हुलाक कार्यालयले खेल्न पर्ने भूमिकाबारे आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित संचार माध्यमका ंचालकहरुले आफ्नो मेडियाको अवस्थावारे प्रकाश पारेका छन् भने कार्यक्रममा उपस्थीत पत्रकारहरुले आफु कार्यरत संचार माध्यमको अवस्था र आफ्नो जिम्मेवारीबारे आआफ्नो भनाई राखेका छन् ।

कार्यक्रमको समापनमा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले पत्रकारीता क्षेत्र आफैमा स्वतन्त्र क्षेत्र भएकाले कसैले पनि राजनैतिक आक्षेप लाग्ने खालका गतिविधिहरु खुलामखुला नगर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन