२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘शिक्षाको अबस्था र हाम्रो भुमिका’ बिषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

१९ कार्तिक २०७४, आईतवार १३:२८

कमल रावल/कात्तिक १९, अछाम । शिक्षाको अबस्था र हाम्रो भुमिका बिषयक अन्तरक्र्रिया कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न भएको छ । 

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सबै शिक्षा सम्बद्ध सरोकारवालाले आफनो गाउपालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए । 


सो कार्यक्रममा गाउपालिकाका भित्र रहेका ४२ वटा विद्यालयका प्रधानाध्यापकले आफनो विद्यालयको शैक्षिक तथा भौतिक अबस्थाको बारेमा जानकारी गराएका थिए । अन्तरक्र्रिया कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झकर बहादुर बिष्टले शिक्षाको बृद्धि बिकासका लागि अब सबै जिम्मा स्थानिय तहमा आएकाले आवश्यक बजेट विनियोजन गरिनुपर्ने बताएका थिए । 

जिल्ला तहबाट मल्याकन तथा अनुगमन मात्र हुने भएकाले गुणस्तर बृद्धिका लागि सबैले अभिभावक, शिक्षक, विद्यार्थि लाग्नु पर्नेमा जोड दिएका थिए । गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले शिक्षाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न गाउपालिका तयार रहेकाले तर वास्तविक शिक्षामा क्रान्ती आउनु पर्ने बताउनु भयो । 


विद्यालयको वाल बिकास केन्द्र देखि मावि तहसम्म आवश्यक दरबन्दी पदपुर्ती, भौतिक अबस्था पुर्ति गर्न लाग्ने बताएका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ती तक्ष बहादुर शाह, प्रेस चौतारीका केन्द्रिय सदस्य राजेन्द्र कुवर, पत्रकार धुब्र विसि, गाउ कार्यपालिका सदस्य, सबै विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।  

सो कार्यक्रममा निमित्त कार्यकारी अधिकृत खगेन्द्र बहादुर खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उपाध्यक्ष माया कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल साउदले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…