२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘शिक्षाको अबस्था र हाम्रो भुमिका’ बिषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

२०७४, १९ कार्तिक आईतवार १३:२८

कमल रावल/कात्तिक १९, अछाम । शिक्षाको अबस्था र हाम्रो भुमिका बिषयक अन्तरक्र्रिया कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न भएको छ । 

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सबै शिक्षा सम्बद्ध सरोकारवालाले आफनो गाउपालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए । 


सो कार्यक्रममा गाउपालिकाका भित्र रहेका ४२ वटा विद्यालयका प्रधानाध्यापकले आफनो विद्यालयको शैक्षिक तथा भौतिक अबस्थाको बारेमा जानकारी गराएका थिए । अन्तरक्र्रिया कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झकर बहादुर बिष्टले शिक्षाको बृद्धि बिकासका लागि अब सबै जिम्मा स्थानिय तहमा आएकाले आवश्यक बजेट विनियोजन गरिनुपर्ने बताएका थिए । 

जिल्ला तहबाट मल्याकन तथा अनुगमन मात्र हुने भएकाले गुणस्तर बृद्धिका लागि सबैले अभिभावक, शिक्षक, विद्यार्थि लाग्नु पर्नेमा जोड दिएका थिए । गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले शिक्षाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न गाउपालिका तयार रहेकाले तर वास्तविक शिक्षामा क्रान्ती आउनु पर्ने बताउनु भयो । 


विद्यालयको वाल बिकास केन्द्र देखि मावि तहसम्म आवश्यक दरबन्दी पदपुर्ती, भौतिक अबस्था पुर्ति गर्न लाग्ने बताएका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ती तक्ष बहादुर शाह, प्रेस चौतारीका केन्द्रिय सदस्य राजेन्द्र कुवर, पत्रकार धुब्र विसि, गाउ कार्यपालिका सदस्य, सबै विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।  

सो कार्यक्रममा निमित्त कार्यकारी अधिकृत खगेन्द्र बहादुर खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उपाध्यक्ष माया कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल साउदले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी