२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब नेपालमै उत्पादन हुने भो’ सर्पदंशको औषधि

२०७४, २० कार्तिक सोमबार ०६:५८

कात्तिक २०, काठमाडौँ । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । 

निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो । 

वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ । 

कम्पनी स्थापनाबाट ४०० व्यक्तिले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक रु एक अर्ब बराबरको विदेशबाट नेपाली मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ । 

हाल सरकारले वार्षिक ३० हजार भायल (करिब रु चार करोड बराबरको) सर्पदंश औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ । 

कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ । ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ । 

राज्यको सर्पदंश औषधि उत्पादनमा कानून अभावका कारण आफ्नो कम्पनीले झण्डै चारवर्ष लामो संघर्षपश्चात् सरकारीतर्फबाट कम्पनी स्थापना स्वीकृति पाएकाले अब पूर्वाधार निर्माणका काम शुरु गरिने अध्यक्ष फुयाँलको भनाइ छ । 

अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाइबाट पीडित भएका बिरामीको उपचार भइरहेको छ । उक्त औषधि नेपालमै बनेमा जनताले सहज तरिकाले उपचार पाउनेछन् । 

कम्पनीका प्राविधिक सल्लाहकार डा जगन्नाथ राईले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सर्पदंश औषधि उत्पादन गरी विदेश निर्यात गरिने बताउनुभयो । 

उहाँका अनुसार औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्राविधिक जनशक्ति नेपालमै पर्याप्त रहेको र केही प्राविधिकलाई तालीमका लागि विदेश पठाइएको जानकारी दिनुभयो । सर्पदंशको औषधि सर्पको बिष निकालेर प्रशोधन गरी घोडामा प्रयोग गरिन्छ, त्यसपछि प्राविधिक प्रक्रिया पु¥याई औषधि तयार गरिन्छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष एक लाखमा १६२ जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ । नेपालमा पनि एक वर्षमा करिब एक हजार व्यक्तिको मृत्यु हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह