२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका वोटे माझी विद्यार्थीलाई आयो सरकारी खाजा खर्च

२०७४, २० कार्तिक सोमबार १०:५४

प्रेम सुनार/कात्तिक २०, गुल्मी । जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका दुई वटा गाउँमा रहेका वोटे माझी समुदायका विद्यार्थीहरुलाई राज्यबाटै खाज खर्च वापतको रकम आई रहेको बताएको छ । 

जिल्लाको रुरु गाउँपालिका अन्तरगत वम्घाको लक्ष्मी प्रा.वि. र गुल्मी दरवार गाउँपालिको वलिथुम वोटे गाउँको माझी प्रा.वि.गरी १ सय ६५ जना वोटेमाझी समुदायका विद्यार्थीहरुलाई सरकारले खाजा खर्च पठाएको हो ।

जनही २७ सयका दरले खाजा खर्च आएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताए । क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवाली आगमी दिनमा उनिहरुलाई आवश्यक पाठ्य पुस्तक र खाजा खर्च अरु बढाईने बताएका छन् ।

वोटे माझी लगायतका विपन्नलाई घर पनि

सोही क्षेत्र प्रदेश नम्वर १ का उमेदवार सुदर्शन वरालले आफु सभासद भएको पाला देखि सुरु गरिएको जनता आवास कार्यक्रम अन्तर्गत वोटे माझी समुदाय र अन्य विपन्न वर्गका परिवारलाई पनि व्यवस्थीत घर बनाई दिने बताए । उता क्षेत्र नम्वर १ बाटै प्रतिनिधी सभाका उमेदवार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि सयौं घर निर्माणको तयारीमा राज्य रहेको बता्उँदै आएका छन ।

जनता आवास कार्यक्रम देशैभर माओवादी नेतृत्वका सरकारको पाला देखि सञ्चालन भएको हो । गुल्मीमा तत्कालिन क्षेत्र नम्वर १ का सभासद बरालको संयोजकत्वमा घर बनाउन सुरु गरिएको थियो । वर्षेनी सम्वन्धित क्षेत्रका सांसद जो छन् उनैको संयोजकत्वमा राज्यले यस्ता विपन्न वर्गको घर बनाई दिदै आएको छ । एमाले नेता प्रदिपकुमार ज्ञवालीले राज्यले बनाई दिन  लागेको घरलाई अरु कुनै नेताले आफ्नै खल्तीको रकम हाले झै गरी मैले बनाई दिदै छु भन्ने भ्रम जनतामा नछर्न आग्रह गरेका छन् ।

कक्षा ११ र १२ का विद्यार्थीहरु पाठ्य पुस्तक पनि

सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पाठ्य पुस्तकका लागि प्रति विद्यालय ५० हजारका दरले रकम विनियोजन गरी पठाएको छ । जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले ५० हजारका दरले रकम पठाईने र विद्यालय पुस्तकहरु ख्रिद गरी विद्यार्थीहरुलाई दिने बताए । उनले विद्यार्थीहरुले आफ्नो कक्षा पुरा गरी सके पछि ति पुस्तकहरु विद्यालयलाई बुझाउनु पर्ने जानकारी दिए । त्यस्तै कक्षा १ देखि ८ सम्मका सवै विद्यार्थीहरुलाई ४ सयका दरले क्षात्रवृत्ति रकम समेत पाउने भएका छन् । कक्षा ९ र १० का विद्यार्थीहरुले दोहरो सुविधा नपाउने गरी ५ सयका दरले छात्रवृत्ति पाउने पाउने भएका छन् ।

 ३८ वर्ष देखि लेखा परिक्षण नभएकालाई गराईयो

 जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरक्षक झविन्द्र बिश्वकर्माका अनुसार गत ३८ वर्ष अघि देखि लेखा परिक्षण नगराई वसेका कैयौं प्रावि तहका विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले लेखा परिक्षण गराएको छ । लेखा परिक्षण पनि नगराउने र विद्यार्थी संख्या कागजमा किर्ते लेखेर अनुदान खाने कतिपय विद्यालयका हर्ताकर्ताहरु यस कार्यबाट लैनो गाई गुमाएको अवस्थामा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै