२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असल नागरिक निर्माण गर्न शिक्षकको महत्वपुर्ण भुमिका: जिशिअ बिष्ट

२०७४, २० कार्तिक सोमबार १७:३६

कमल रावल/कात्तिक २०, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले असल नागरिक निर्माण गर्न शिक्षकको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ । 

शिक्षकले गर्दा समुन्नत समाज निर्माण भई परिवर्तन तिर अघि बढ्ने भएकाले आफनो दैनिक क्रियाकलाप भुल्न नहुने उहाँले बताउनु भयो । 

गँगा माध्यामिक विदयलय मंगलसेन नगरपालिका वडा नम्बर ६ तेसिगेको ५७ औँ वार्षिक उत्सव समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्टले स्थानिय भाषा केन्द्रित सस्कार र सस्कृतीलाई बढवा दिनु पर्ने बताउनु भयो । शिक्षाको गुणस्तर बढाउनको लागि सबै अभिभावक, शिक्षकको त्यतिकै जिम्मेवारि भएकाले त्यस तर्फ ध्यान जानु पर्नेमा जोड दिनु भएको थियो । 


शिक्षकले आफनो दैनिक नित्य कर्म बिर्सेर गलत बाटोमा हीडे सबैको जिवन नै अन्धकार हुने भएकाले दैनिक कार्य योजना सहीत आगामी दिनमा विद्यालयमा प्रबेश गर्नु पर्ने बताउनु भयो । 

सिक्नु, सिकाउनु र जान्नु शिक्षाको महत्वपूर्ण पाटो भएकाले यसलाई कसैले भुल्नै नहुने बताउनु भयो । शिक्षक अभिभावक सँघका अध्यक्ष नन्दाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गाबिस अध्यक्ष प्रभुनाथ भण्डारीले आगामि दिनमा विदलयको शैक्षिक गुणस्तरमा एक अर्कालाई दोष थुपार्नु भन्दा कार्य योजना सहीत अघि बढनु पर्ने बताउनु भयो । 

कार्यक्रममा वडा सदस्य देबेन्द्र भण्डारी, नेपाली काग्रेसका पदम भण्डारि, नेकपा एमालेका लोकराज भण्डारी, विदलय ब्यवस्थापन समिती अध्यक्ष चन्द्र भण्डारी, मनकामना प्राबि प्रअ नगेन्द्र भण्डारी, नेपाल रेडक्रस शोसाईटि जनालिवण्डालीका सभापति राजेश्वर भण्डारी, अनेरा स्वीयु अछाम काठमाण्डौँ सम्पर्क अध्यक्ष रमेश भण्डारी, सबै अभिभाबकको तर्फबाट दुर्गा प्रसाद भण्डारी, विदलय स्तरिय बाल क्लबका अध्यक्ष लोकेश भण्डारी, छात्र विद्यार्थिको तर्फबाट हिमाल जैसि, र छात्राको तर्फबाट कमला भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । 


सो कार्यक्रममा विदलयका प्रधानाध्यापक मनिराज भण्डारिले आर्थिक २०७३।०७४ को ७८ लाख आगामि २०७४।०७५ का लागि अनुमानित १ करोड ४३ लाख बराबरको प्रतिबेदन सहीत समाजिक र भौतिक प्रगती प्रस्तुत गर्नु भएको थियो । 

साथै २०७३ सालको बार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतिय विद्यालयका अतिरिक्त क्रियाकलाप सहभागि हुुने विद्यार्थिलाई पुरुस्कार समेत वितरण गरिएको थियो । विदयलय व्यवस्थापन समिती सदस्य नन्दकला भण्डारिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टँक ढुगानाले गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार