2026-08-31 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा नाम नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

कात्तिक २१, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो । 

उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

उनको साथमा साइकल र एउटा हेल्मेट फेला परेकाले साइकल यात्री भएको अनुमान गरिए पनि अरु कुनै प्रमाण फेला पार्न नसकिएकाले घटनाको अनुसन्धान भइरहेको जिप्रका चितवनले जनाएको छ । 

उनको पहिचानसमेत खुल्न नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गाडी या मोटरसाइकल केले ठक्कर दिएको हो भन्नेसमेत पहिचान हुन सकेको छैन । 

यता रत्ननगरमा एकजना मजदुर नवलकिशोर पासाङले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान