२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर रंगेहात पक्राउ

२०७४, २४ कार्तिक शुक्रबार १२:२७

रेडियो राष्ट्रिय | कात्तिक २४, कञ्चनपुर | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद  घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा र सहायक ईन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।


 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै जनालार्ई पक्राउ गरेको बताउनु भएको छ । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद रु. ६ लाख रुपैया प्रमुख जिल्ला ईन्जिनियर केदार शमोको निवासबाट बरामद गरिएको छ ।

यस्तै लिएको ९ लाख र रु.५ लाख ३० हजारको बैंकको चेक समेत सेवा ग्राहि वाट दुवै जना ईन्जिनियरले लिएको र सो कार्यालय कै अन्य कर्मचारी चेक साट्न कैलाली गएकाले सो वारे समेत अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले जानकारि दिनु भएको छ ।

७ नम्बर क्षेत्रमा अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको यो पहिलो घटना हो ।


यस अघि कार्यालय सहयोगी देखि नायब सुब्बा सम्म रंगेहात पक्राउ पर्दै आएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले रंगेहात पक्राउ परेका दुवै जना ईन्जिनियरलाई थप कार्बाहीका लागि कार्यालय ल्याईएको र दुवैका फाईल तयार गरेर आवश्यक कार्बाहीका लागि आयोगमा पठाउने तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख विष्णु सिंह विष्ट ले जानकारी दिनुभएको छ ।

विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेबार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणका काममा समेत प्रभाव पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस