१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर रंगेहात पक्राउ

२४ कार्तिक २०७४, शुक्रबार १२:२७

रेडियो राष्ट्रिय | कात्तिक २४, कञ्चनपुर | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद  घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा र सहायक ईन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।


 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै जनालार्ई पक्राउ गरेको बताउनु भएको छ । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद रु. ६ लाख रुपैया प्रमुख जिल्ला ईन्जिनियर केदार शमोको निवासबाट बरामद गरिएको छ ।

यस्तै लिएको ९ लाख र रु.५ लाख ३० हजारको बैंकको चेक समेत सेवा ग्राहि वाट दुवै जना ईन्जिनियरले लिएको र सो कार्यालय कै अन्य कर्मचारी चेक साट्न कैलाली गएकाले सो वारे समेत अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले जानकारि दिनु भएको छ ।

७ नम्बर क्षेत्रमा अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको यो पहिलो घटना हो ।


यस अघि कार्यालय सहयोगी देखि नायब सुब्बा सम्म रंगेहात पक्राउ पर्दै आएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले रंगेहात पक्राउ परेका दुवै जना ईन्जिनियरलाई थप कार्बाहीका लागि कार्यालय ल्याईएको र दुवैका फाईल तयार गरेर आवश्यक कार्बाहीका लागि आयोगमा पठाउने तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख विष्णु सिंह विष्ट ले जानकारी दिनुभएको छ ।

विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेबार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणका काममा समेत प्रभाव पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट