२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारको हकमा ‘खोटाङ सेवा समाज’ पहिलो सामाजिक संस्था हो: उपाध्यक्ष आचार्य

२०७४, २६ कार्तिक आईतवार ०३:२२

चिसाङ शेर्पा/कात्तिक कार्तिक २६, खोटाङ । खाशगरी कतारमा रहेका खोटाङे र गैर खोटाङेहरुमा भुईपरी आउने हरेक समस्याको समाधानका लागि स्थापनार्थ खोटाङ सेवा समाज कतारले विभिन्न सामाजिक हकहितका कार्य गर्दे आईरहेको छ । 

रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा ‘खोटाङ सेवा समाज’को स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक काम गरेको रेर्कड छ ।  

जन्मभुमीप्रती सामाजिक कार्यमा तल्लीन खोटाङका कतारवासीले जिल्लामा एम्वुलेन्स वितरण गरेर उदार भावना देखाएको छ । खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा  २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेल १ अस्पताल चोकका रुद्र शर्मा आचार्य हुन् । 


समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ पवन सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् । 

रोजगारीको शिलसिलामा कतारमा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको समस्याका जुझारु व्यक्ति तथा ७ औं र ८ औ कार्यकालमा खोटाङ सेवा समाज कतारका महासचिव र सन २०१७ को अधिबेशनवाट दितिय उपाध्यक्ष वन्नु भएका रुद्र शर्मा आचार्यसंग कतारमा रहेका खोटाङवासीहरुको कमाई, वसाई र खोटाङ सेवा समाज कतारको गतिविधिका वारेमा शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

१, खोटाङ सेवा समाज कस्तो संस्था हो ?

खोटाङ सेवा समाज भनेकोे विशुद्ध एउटा सामाजिक संस्था हो । ‘सेवा समाज’ नामवाट नै आँकलन गर्न सकिन्छ कि यो, संस्थाले चाहि निस्वार्थ समाजसेवा गर्ने गर्दछ । सामजले रोजागरीका शिलशिलामा कतारमा रहेका खोटाङगेहरुमा भुईपरी आउने समस्या मात्रै नभएर जिल्लामा सामाजिक गतिविधिहरु गर्दै आएको छ । विशेषतः २० वर्षयता स्वास्थ्य र शिक्षामा वढि काम गर्दै आईरहेको संस्था हो । 

२, ७ औ कार्यकालदेखी ८ कार्यकालसम्म महासचिव र अहिले ९ औ कार्यकालमा दितिय उपाध्यक्ष भएर विभिन्न सामाजिक गतिविधि गरिरहनुभएको छ । कस्तो छ, चुनौती कतारमा संस्था चलाउन ? 

एक त हामी प्रवासमा गईसकेपछि हाम्रो उद्देश्य चाहि संस्था चलाउने हुदैन, सर्वप्रथम त हामी श्रमिक हौ श्रम वेच्न देश छोडेर अर्काको देशमा जादैछौ त्यो पहिलो चुनौती हो । यद्यपी, ड्युटीका बावजुद पनि वाँकी हुने समयलाइ समाज सेवामा सर्मपण गरौ भन्ने धेरै साथीहरु सम्मेलित भएर सहयोग गरीरहेका छौ । अव आयो चुनौती, नेपालको जस्तै कतारमा पनि लोकल नीति नियम छ  । नियमभन्दा वाहिर गए सजाय, दण्डको प्रावधान छ । त्यहाँको कानुनभित्र रहेर काम गर्नु आफैमा चुनौती छ ।  

३, संस्था क्रियाशिल वनाउन आर्थिक खाँचो हुन्छ । कसरी म्यानेज हुन्छ, आर्थिक पाटो चाहि ? यस संस्थाको नेपाली दुतावास कतारसँग सम्बन्ध हुन्छ कि हुन्न ?

हामी आफै साथी भाईहरुसंग केही रकम संकलन गर्ने गर्छौ, कतारमा विभिन्न संघसंस्थाहरु छन् उनीहरुसंग केही आर्थिक सहयोग लेनदेन भईरहेको हुन्छ । ठूलाठूला चाडपर्वमा भाग्यशाली चिठ्ठा कार्यक्रम गछौ, त्यसवाट वचेको रकम संस्था सञ्चालनमा प्रयोग गरीरहेका छौ ।

खोटाङ सेवा समाज कतारको हकमा पहिलो सामाजिक संस्था हो जुनवेला कतारमा नेपाली दुतावास थिएन । त्यतिवेला दुतावासको काम यस समाजले गर्ने गरेको ईतिहास छ कतारमा । खोटाङ सेवा समाजको नेपाली दुतावास कतारसँग सहकार्य र समन्वयन हुन्छ । हामी कतिपय मानविय क्षति तथा तलव नपाएको कुराहरु दुुतावासको सहकार्यमा नै गरीरहेका हुन्छौ । धेरैले न्याय पाएका छन् ।  

४ विदेशको ठाउँमा ड्युटी धेरै गर्नुपर्ने हुन्छ । फुर्सद कसरी मिल्छ, बैठक, सेमिनार गर्नलाई, कसरी सञ्चार प्रवाह हुन्छ सबैमा ?

विदेशमा धेरैभन्दा धेरै ड्युटी गर्नुपर्ने हुन्छ । समय मिलाउन एकदमै सकस त हुन्छ । यद्यपी, त्यहाँको ९० प्रतिशत कम्पनीले हप्ताको एकदिन शुक्रवार सार्वजनिक विदा दिन्छ । शुक्रवारको समय पारेर चाहि हामीले सेमिनार, वैठक गछौ । महिनाको यो दिन चाँही बैठक बस्छौ है भनेर अहिलेका नेटवर्क प्रविधिहरु जस्तै, भाईवर, ट्वीटर, फेसवुक, म्यासेन्जर प्रयोग गरेर सञ्चार प्रवाह गछौ । 

५, यस खोटाङ सेवा समाज कतारले कस्ता–कस्ता काम गर्छ ? र के, के गरेका छन् अहिलेसम्म त्यस्तो उल्लेखनिय कार्यहरु ? 

कुवेतमा एकजना नेपाली चेली डोल्मा शेर्पा हुनुहुन्थ्यो । उहाँलाई मृत्यृदण्डको सजाय भएको थियो केही पैसा तिरेर उहाँ नेपाल निस्कन सक्नुहुन्थ्यो । अन्तराष्ट्रिय स्तरमै चलेको डोल्मा शेर्पा वचाउ अभियानलाई हाम्रो समाजले २० हजार कतारी रियल उठाएर दिएका छौ । 

सातौ र आठौ कार्यकालमा हामीले ड्युटी गर्ने क्रममा कतारमा मृत्युवरण गरेका खोटाङ राम्चे – ८ का दुर्गादाश राईका परिवारलाई १ लाख र खाल्लेका लाल वहादुर श्रेष्ठका परिवारलाई ९८ हजार नगद दिएका छौ । धेरै जनालाई कम्पनीले ठगेकालाई टिकट, खाधान्य दिएका छौ । 

यस्तै, २ बर्ष अगाडी पञ्च माविका विनोद आचार्य र जालपा उच्च मावि जालपाका एक छात्रले सर्वोत्कृष्ट अंक ल्याएर पास गर्ने विधार्थीलाई आर्थिक सहयोग पनि गरेका छौ । 

६, एम्बुलेन्स पनि खोटाङमा यहाँहरुले श्रम पसिना बगाएको पैसाले किनेर दिनुभएको छ  । यौटा ईतिहास त छ नै खोटाङका लागि, कसरी साईत जु¥र्यो यस्तो महान कार्य गर्न ?

सन २०१५ जनवरीमा समाजको तर्फवाट अन्तराष्ट्रिय समन्वयन परिषद गल्फ उपसंयोजक खोटाङ ज्यामिरेका उमेश अधिकारी र गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद कतारका (२०१५–२०१७) अध्यक्ष वाकाचोल खोटाङका विनेश तामाङलाई बधाई तथा शुभकामना कार्यक्रम राखेका थियौ त्यही कार्यक्रमवाट नै खोटाङलाई यौटा एम्बुलेन्स खाँचो छ भन्ने कुरा आयो । 

हुन त अहिले ९ वटा भईसक्यो खोटाङमा एम्बुलेन्स अनि, त्यपछि हामीले ३ महिना समाजका साथीहरुसंग आन्तरिक छलफल ग¥र्यौ । सन २०१५ अप्रिल १ मा भनभोज कार्यक्रम राखेर अप्रिल फस्टवाट नै आर्थिक संकलन गर्न थालेका हौ । ठ्याक्कै २ वर्ष सन २०१७ अप्रिल १ वाट नै हामीले चलिरहेको आर्थिक संकलन अभियान वन्द ग¥र्यौ । करिव साढे १२ लाख मुल्य पर्ने एम्बुलेन्स खरिद गरी खोटाङ एकता सेवा समाज खोटाङको मातहतमा सञ्चालन गर्नेगरी जिल्लालाई एम्बुलेन्स दिएका हौ । अभियानवाट संकलित ४ लाख जति अझै रकम छ, हामीसंग त्यसलाई स्वास्थ्य क्षेत्रमा नै लगाउने छौ । 

७, अबका दिनमा के काम गर्ने योजना छ, खोटाङ सेवा समाज कतारसँग ?

आगामी दिनमा खोटाङको पर्यटकीय तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना रहेको छ । मिडियावाट हामी सक्ने प्रचार गर्नेमा एकजुट भईरहेका छौ । व्यापक प्रचार गरेमा आन्तरिक तथा वाह्य पर्यटक   भित्रनेछन् । पर्यटक धेरै तान्न सके हामी आफै धेरै धनी वन्न सक्नेछौ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा