कतारको हकमा ‘खोटाङ सेवा समाज’ पहिलो सामाजिक संस्था हो: उपाध्यक्ष आचार्य

Posted on: 12 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक कार्तिक २६, खोटाङ । खाशगरी कतारमा रहेका खोटाङे र गैर खोटाङेहरुमा भुईपरी आउने हरेक समस्याको समाधानका लागि स्थापनार्थ खोटाङ सेवा समाज कतारले विभिन्न सामाजिक हकहितका कार्य गर्दे आईरहेको छ । 

रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा ‘खोटाङ सेवा समाज’को स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक काम गरेको रेर्कड छ ।  

जन्मभुमीप्रती सामाजिक कार्यमा तल्लीन खोटाङका कतारवासीले जिल्लामा एम्वुलेन्स वितरण गरेर उदार भावना देखाएको छ । खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा  २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेल १ अस्पताल चोकका रुद्र शर्मा आचार्य हुन् । 


समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ पवन सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् । 

रोजगारीको शिलसिलामा कतारमा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको समस्याका जुझारु व्यक्ति तथा ७ औं र ८ औ कार्यकालमा खोटाङ सेवा समाज कतारका महासचिव र सन २०१७ को अधिबेशनवाट दितिय उपाध्यक्ष वन्नु भएका रुद्र शर्मा आचार्यसंग कतारमा रहेका खोटाङवासीहरुको कमाई, वसाई र खोटाङ सेवा समाज कतारको गतिविधिका वारेमा शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

१, खोटाङ सेवा समाज कस्तो संस्था हो ?

खोटाङ सेवा समाज भनेकोे विशुद्ध एउटा सामाजिक संस्था हो । ‘सेवा समाज’ नामवाट नै आँकलन गर्न सकिन्छ कि यो, संस्थाले चाहि निस्वार्थ समाजसेवा गर्ने गर्दछ । सामजले रोजागरीका शिलशिलामा कतारमा रहेका खोटाङगेहरुमा भुईपरी आउने समस्या मात्रै नभएर जिल्लामा सामाजिक गतिविधिहरु गर्दै आएको छ । विशेषतः २० वर्षयता स्वास्थ्य र शिक्षामा वढि काम गर्दै आईरहेको संस्था हो । 

२, ७ औ कार्यकालदेखी ८ कार्यकालसम्म महासचिव र अहिले ९ औ कार्यकालमा दितिय उपाध्यक्ष भएर विभिन्न सामाजिक गतिविधि गरिरहनुभएको छ । कस्तो छ, चुनौती कतारमा संस्था चलाउन ? 

एक त हामी प्रवासमा गईसकेपछि हाम्रो उद्देश्य चाहि संस्था चलाउने हुदैन, सर्वप्रथम त हामी श्रमिक हौ श्रम वेच्न देश छोडेर अर्काको देशमा जादैछौ त्यो पहिलो चुनौती हो । यद्यपी, ड्युटीका बावजुद पनि वाँकी हुने समयलाइ समाज सेवामा सर्मपण गरौ भन्ने धेरै साथीहरु सम्मेलित भएर सहयोग गरीरहेका छौ । अव आयो चुनौती, नेपालको जस्तै कतारमा पनि लोकल नीति नियम छ  । नियमभन्दा वाहिर गए सजाय, दण्डको प्रावधान छ । त्यहाँको कानुनभित्र रहेर काम गर्नु आफैमा चुनौती छ ।  

३, संस्था क्रियाशिल वनाउन आर्थिक खाँचो हुन्छ । कसरी म्यानेज हुन्छ, आर्थिक पाटो चाहि ? यस संस्थाको नेपाली दुतावास कतारसँग सम्बन्ध हुन्छ कि हुन्न ?

हामी आफै साथी भाईहरुसंग केही रकम संकलन गर्ने गर्छौ, कतारमा विभिन्न संघसंस्थाहरु छन् उनीहरुसंग केही आर्थिक सहयोग लेनदेन भईरहेको हुन्छ । ठूलाठूला चाडपर्वमा भाग्यशाली चिठ्ठा कार्यक्रम गछौ, त्यसवाट वचेको रकम संस्था सञ्चालनमा प्रयोग गरीरहेका छौ ।

खोटाङ सेवा समाज कतारको हकमा पहिलो सामाजिक संस्था हो जुनवेला कतारमा नेपाली दुतावास थिएन । त्यतिवेला दुतावासको काम यस समाजले गर्ने गरेको ईतिहास छ कतारमा । खोटाङ सेवा समाजको नेपाली दुतावास कतारसँग सहकार्य र समन्वयन हुन्छ । हामी कतिपय मानविय क्षति तथा तलव नपाएको कुराहरु दुुतावासको सहकार्यमा नै गरीरहेका हुन्छौ । धेरैले न्याय पाएका छन् ।  

४ विदेशको ठाउँमा ड्युटी धेरै गर्नुपर्ने हुन्छ । फुर्सद कसरी मिल्छ, बैठक, सेमिनार गर्नलाई, कसरी सञ्चार प्रवाह हुन्छ सबैमा ?

विदेशमा धेरैभन्दा धेरै ड्युटी गर्नुपर्ने हुन्छ । समय मिलाउन एकदमै सकस त हुन्छ । यद्यपी, त्यहाँको ९० प्रतिशत कम्पनीले हप्ताको एकदिन शुक्रवार सार्वजनिक विदा दिन्छ । शुक्रवारको समय पारेर चाहि हामीले सेमिनार, वैठक गछौ । महिनाको यो दिन चाँही बैठक बस्छौ है भनेर अहिलेका नेटवर्क प्रविधिहरु जस्तै, भाईवर, ट्वीटर, फेसवुक, म्यासेन्जर प्रयोग गरेर सञ्चार प्रवाह गछौ । 

५, यस खोटाङ सेवा समाज कतारले कस्ता–कस्ता काम गर्छ ? र के, के गरेका छन् अहिलेसम्म त्यस्तो उल्लेखनिय कार्यहरु ? 

कुवेतमा एकजना नेपाली चेली डोल्मा शेर्पा हुनुहुन्थ्यो । उहाँलाई मृत्यृदण्डको सजाय भएको थियो केही पैसा तिरेर उहाँ नेपाल निस्कन सक्नुहुन्थ्यो । अन्तराष्ट्रिय स्तरमै चलेको डोल्मा शेर्पा वचाउ अभियानलाई हाम्रो समाजले २० हजार कतारी रियल उठाएर दिएका छौ । 

सातौ र आठौ कार्यकालमा हामीले ड्युटी गर्ने क्रममा कतारमा मृत्युवरण गरेका खोटाङ राम्चे – ८ का दुर्गादाश राईका परिवारलाई १ लाख र खाल्लेका लाल वहादुर श्रेष्ठका परिवारलाई ९८ हजार नगद दिएका छौ । धेरै जनालाई कम्पनीले ठगेकालाई टिकट, खाधान्य दिएका छौ । 

यस्तै, २ बर्ष अगाडी पञ्च माविका विनोद आचार्य र जालपा उच्च मावि जालपाका एक छात्रले सर्वोत्कृष्ट अंक ल्याएर पास गर्ने विधार्थीलाई आर्थिक सहयोग पनि गरेका छौ । 

६, एम्बुलेन्स पनि खोटाङमा यहाँहरुले श्रम पसिना बगाएको पैसाले किनेर दिनुभएको छ  । यौटा ईतिहास त छ नै खोटाङका लागि, कसरी साईत जु¥र्यो यस्तो महान कार्य गर्न ?

सन २०१५ जनवरीमा समाजको तर्फवाट अन्तराष्ट्रिय समन्वयन परिषद गल्फ उपसंयोजक खोटाङ ज्यामिरेका उमेश अधिकारी र गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद कतारका (२०१५–२०१७) अध्यक्ष वाकाचोल खोटाङका विनेश तामाङलाई बधाई तथा शुभकामना कार्यक्रम राखेका थियौ त्यही कार्यक्रमवाट नै खोटाङलाई यौटा एम्बुलेन्स खाँचो छ भन्ने कुरा आयो । 

हुन त अहिले ९ वटा भईसक्यो खोटाङमा एम्बुलेन्स अनि, त्यपछि हामीले ३ महिना समाजका साथीहरुसंग आन्तरिक छलफल ग¥र्यौ । सन २०१५ अप्रिल १ मा भनभोज कार्यक्रम राखेर अप्रिल फस्टवाट नै आर्थिक संकलन गर्न थालेका हौ । ठ्याक्कै २ वर्ष सन २०१७ अप्रिल १ वाट नै हामीले चलिरहेको आर्थिक संकलन अभियान वन्द ग¥र्यौ । करिव साढे १२ लाख मुल्य पर्ने एम्बुलेन्स खरिद गरी खोटाङ एकता सेवा समाज खोटाङको मातहतमा सञ्चालन गर्नेगरी जिल्लालाई एम्बुलेन्स दिएका हौ । अभियानवाट संकलित ४ लाख जति अझै रकम छ, हामीसंग त्यसलाई स्वास्थ्य क्षेत्रमा नै लगाउने छौ । 

७, अबका दिनमा के काम गर्ने योजना छ, खोटाङ सेवा समाज कतारसँग ?

आगामी दिनमा खोटाङको पर्यटकीय तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना रहेको छ । मिडियावाट हामी सक्ने प्रचार गर्नेमा एकजुट भईरहेका छौ । व्यापक प्रचार गरेमा आन्तरिक तथा वाह्य पर्यटक   भित्रनेछन् । पर्यटक धेरै तान्न सके हामी आफै धेरै धनी वन्न सक्नेछौ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!