2026-07-09 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी खाद्यन्न उत्पादनका लागी प्रशिक्षक प्रशिक्षण

सपना कवर/भाद्र १९, सल्यान । सुआहारा कार्यक्रम अन्र्तरगत घरायसी खाद्यन्न उत्पादन सम्वन्धी ६ दिने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण आज सल्यानको श्रीनगरमा सम्पन्न भएको छ ।

तालिममा जिल्लामा कृषि क्षेत्रको झलक र साझा चुनौंतिहरु, जिल्लामा पशुपालनको अवस्था र साझा चुनौतिहरु, कुपोषण र खाद्यान्नमा आधारित रणनीतिहरू, घरायसी खाद्यन्न उत्पादन, घरायसी खाद्यान्न उत्पादनका लागि आवश्यक कार्यहरु, सिफारिस कुखुराका जातहरू, वगैचा नक्सांकन, स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनबाट घरायसी बालीहरुको रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापनका विषयमा तालिम प्रदान गरिएको थियो ।

यस्तै सस्तो तथा सुलभ सिंचाई व्यवस्थापन, गुणस्तरिय बीउ उत्पादन, कुखरापालनको लागि आवश्यक उन्नत व्यवस्थापन अभ्यास, स्थानीय स्तरमा दाना तयारी कुखुराका मुख्यमुख्य रोगको रोकथाम तथा नियन्त्रण, प्रजनन रणनीति, घरायसी खाद्यान्न उत्पादनमा लैङ्गिक सबाल, ग्रामिण नमुना र्फम अवधारणा, स्थानीयस्तरका सेवाप्रदायक सँगको सम्बन्धतथा समन्वय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

भदौ १४ गते देखि ६ दिन सम्म चलेको तालिममा जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेल, वालि संरक्षण अधिकृत सुरेन्द्र सुवेदी, कृषि प्रसार अधिकृत नवराज श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक अरुण दाहाल, सुआहारा नेपालगंजका कृषि संयोजक गोविन्द राज सेढाई, अर्जुन श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरीक्षक महेन्द्र पराजुली, जिल्ला पशु सेवा कार्यालय सल्यानका पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका कृषि प्रसार अधिकृत नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक अर्जुन श्रेष्ठ, दलित विकास समाज सल्यानका सचिव लोक बहादुर विक, सुआहारा कार्यालय सल्यानकी अत्यावश्यक सरसफाई कार्य जिल्ला सुपरभाइजर धनसरा विक लगायतले वोल्नुभएको थियो भने जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरक्षक महेन्द्र पराजुली, सुआहारा कार्यालय सल्यानका लेखा अधिकृत दिनेश ओझा लगायतको सहभागिता रहेको थियो ।

तालिममा जिल्ला कृषि विकास कार्यालय सल्यान, जिल्ला पशु सेवा कार्यालय सल्यान र दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रममा कार्यरत फिल्ड सुपरभाइजर गरी २५ बढिको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन डिडियस सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरीले गर्नुभएको थियो ।

तालिम प्राप्त प्रशिक्षकहरुले जिल्लाका ११ गाविसमा रहेका ९९ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गर्नेछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो