2026-09-19 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विद्धालयको वार्षिक उत्सवमा शिक्षक, विधार्थी सम्मानित

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । श्रीमावि मझुवा बासवोटे लफ्याङको ५७ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट २ शिक्षक र दुई विधार्थी सम्मानित भएका छन् । 

सोमवार भएको वार्षिक उत्सवमा शिक्षक कृष्ण प्रसाद खतिवडा, लक्ष्मी घिमिरे तथा विधार्थीद्धय प्रतिक्षा राई र कौशलराज कट्वाललाई विद्धालयले सम्मान गरेको हो ।  

विद्धायलयमा भएको ५ अक्षयकोषको साँवावाट आएको ५० प्रतिशत ब्याजको रकमले शिक्षकलाई क्रमश दोसल्ला, प्रशंसापत्र र विधार्थी कापी, कलम दिदै सम्मान गरिएको विद्धालयले जनाएको छ । 

विद्धालयमा भुतपुर्व विधार्थी अक्षयकोष, स्वर्गीय मनमाया राई अक्षयकोष, स्वर्गीय चिमा राई अक्षयकोष, स्वर्गीय दैवप्रसाद तथा तुलसा घिमिरे अक्षयकोष र सेरालुङहछा अक्षयकोष रहेको छ । प्रत्येक वर्ष सोही कोषको व्याज रकमले वार्षिक उत्सव गरिदै आईएको छ ।   

नगरपालिकाको हकमा स्थानिय सरकार कायम भएपश्चात जनप्रतिनिधीहरुले लफ्याङमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षालाई प्रभावकारी र व्यवहारिक बनाउन वडा समितिले पुजींगत खर्चवाट उक्त विद्धालयमा प्रोजेक्टर र ल्यापटप खरिद गरिदिएका छन् । विधुतिय माध्यमद्धारा मंसिरवाट श्रव्यदृश्य पठनपाठन हुने विद्धालयले जनाएको छ ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष निर्मल राईले लफ्याङलाई शिक्षाको स्तरमा माथी उकास्न कुनै कसर वाँकी नराख्ने बताएका छन् । “लफ्याङका विद्धालयवाट उत्पादन भएका विधार्थीहरुलाई विदेश जान रोकेर गाउँमै केही उदाहरणिय काम गरेर जिवन गुजारा गर्ने स्थिती वनाउन स्थानिय सरकार लागि परेका छौ ।” राईले भने ‘त्यसका लागि पठनपाठन सुधारमा विद्धालय व्यवस्थापन समिति, विद्धालय प्रशासन, शिक्षकलाई चुस्तदुस्त राख्ने गरेका छौ ।’ 

लफ्याङमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि गत असार १८ गतेवाट विधालयहरुमा एकएकवटा आगन्तुक टिपोट पुस्तिका दिईएको छ । 

‘टिपोट पुस्तिकामा विधालयमा जो कोही अनुगमन तथा भ्रमणमा जान्छन् विधालयको जे गतिविधी देख्छन् त्यही उक्त पुस्तिकामा लेखिने गरिएको छ । लेखिएको समस्यालाई विधालय व्यवस्थापन समितिको बैठकमा पहिलो बिषय बनाएर समाधान खोजिने गरेको छ । लफ्याङमा आधारभुत विधालय एक, मावि एक र ३ प्रावि विद्धालय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई