पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २८, मकवानपुर ।</b> पुर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–३ लेवटमा मंगलबार ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।<br></p><p>हेटौडावाट मनहरीतर्फ गईरहेको ना ७ ख ४८०९ नम्वरको ट्रिपरले मनहरीवाट हेटौडातर्फ अँइरहेको ना ३३ प ८६४७ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी गैडाकोटका २४ वर्षीय अनिल जिसी र मोटरसाइकल पछाडी वसेकी सोहि ठाँउकी २३ वर्षीया पुनम विकको मृत्यु भएको हो । </p><p>ट्रिपरको ठक्करवाट घाईते भएका दुवै जनालाई उपचारको निम्ती हेटौडास्थित चुरेहिल अस्पतालमा ल्याउदै गर्दा वाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक दिलीपराज झाले जानकारी दिनुभएको छ। </p>

