२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु

२०७४, २८ कार्तिक मंगलवार १२:५१

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको खोटाङमा ज्यान गएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै आएकाबेला जंगलमा दाउरा खोज्नेक्रममा अरुले लडाएको मुढाले हिर्काउँदा घाईते भएका दिपकको मंगलबार मृत्यु भएको हो । ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाईते भएका दिपकको उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा जयराममा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

उता, भान्छा कोठाबाट सल्किएको आगोले घरमा आगलागी हुंदा ठूलो क्षति भएकोे छ । भान्छाबाट सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका भीमबहादुर मगरको दुई वटा घरमा आगलागी भएको हो ।

आगोले मगरको दुई वटा घर, गोठ, २ लाख ११ हजार र केही सुनचाँदी समेत जल्दा अनुमानित ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी तथा स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएको प्रहरी चौकी अर्खौलेले जनाएको छ । आगलागीवाट मानविय क्षति भने भएको छैन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले