2026-09-19 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जनताले केन्द्रकै कारण सवै औषधी निःशुल्क पाउदैनन्: डा.केसी

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थावाट उपलब्ध हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । 

सरकारले निर्धारण गरेता पनि स्वास्थ्य संस्थाले दिनुपर्ने सेवा सरकारकै कारण सुविधा दिन सकीने अवस्था छैन । जिल्ला अस्पतालले ७०, प्राथमिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकी ३५ प्रकारका औषधीहरु निशुल्क पाईन्छ । 

तर, जनताले पाउनुपर्ने निशुल्क स्वास्थ्य सेवाहरु दिन नसकिएको सम्बन्धित कार्यालयले जनाएको छ । आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, विरामी दर्ता शुल्क, शैया शुल्क भने निशुल्क दिईरहेको छ । विशेषत: जिल्लामा औषधी वितरणमा ठूलो समस्या रहेको छ । 

आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा प्रसुती आमाहरुलाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्ला १ हजार, तराईका जिल्लाहरुमा ५ सय तथा ४÷६÷८ र ९ महिनामा गर्भ जाँच गरेवापत ४ सय रुपैयाँ पाईरहेका जिल्ला अस्पताल खोटाङका डा. राम वहादुर केसीले बताउनुभयो । आकश्मिक शैया शुल्क भने १ सय रहेको छ । त्यो व्यवस्थापन समितिले तय गरेको दररेट हो । 

स्थानिय निकाय, क्षेत्र र केन्द्रको विचमा समन्वय गरी तत्काल आपुर्ती गर्न सकेमा जनताले राज्यले दिएको सुविधा पाउँछन् । डा. केसीले भने “राज्यले तोकेर भनेको छ तर, औषधीहरु छैन कसरी वितरण गर्नु । त्यसको लागि केन्द्रले औषधी दिन सक्नुपर्छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई