२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

२०७२, ३ आश्विन आईतवार ०३:५२

नविन रावत, असोज ३, सल्यान / सल्यानको अग्लो मध्ये स्थानमा पर्ने कुमाखको काखमा पर्ने चिनाली सम्मका लागि ट्याक्सी जाने बाटो मर्मतमा स्थानियबासी आफै लागेका छन ।
मर्मपरिकाँडा र चाँदेकरेन्जीबासीले चौरजहारीका लागि ढोरचौरबाट नजिक पर्ने गरि सुरुवात गरिएको सडकमा मर्मपरिकाँडाको गुरुदासेसम्म बाटो पुगेकोले आवतजावतमा सहजपुग्ने गर्दछ ।

अरु समयमा सडक सुचारु भएता पनि बर्षायाममा बाटो बन्द हुने गर्दछ । सल्यानको ढोरचौरबाट चौरजहारी पुग्नलाई छोटो बाटो हुने उक्त सडकको स्तर उन्नती र निर्माणलाई सरोकारवाला निकायले ध्यान नदिदा स्थानियबासी आफै जनश्रमदानमा सडक मर्मतमा लागेकाहुन ।

उनिहरुले ५ किलोमिटर बाटो निर्माण गरिसकेका छन भने अव केहि दिनमा बाँकी ४ किलोमिटर बाटो सम्पन्न गरिसक्ने जनाएका छन ।
दुई गाविसबाट ६०/६० जना गरि जम्मा १२० जनाले जनश्रमदान गरिरहेको चिनालीबाट स्थानिय स्वास्थ्यकर्मी चन्द्र बहादुर रोकाले जनाएका छन ।

आज सडक निर्माणका क्रममा नै उनिहरुले जिल्ला कृषि विकास कार्यालय बाट गएको टोलीलाई स्वागत पनि गरेका छन । मर्मपरिकाँडाको गुरुदासेमा मौरीको सम्भाव्यता अध्ययनका लागि गएको वरिष्ट कृषि विकास अधिकृत टेकप्रसाद लुइटेल सहितको टोलीलाई उनिहरुले स्वागत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै