भास्कर के.सी | कात्तिक ३०, कञ्चनपुर | भि.न.पा.–१८ गोवरैया स्थित एकता टोलमा रहेको राधा देवी बागचनको परालको कुन्यौमा आगो लागदा झण्डै डेढ लाख बराबरको क्षति भएको छ । परालमा आगो लागे पछि आगो बढदैं जाँदा ३ कोठाको काठको घर जसलाई खरले छाएको समेत जलेर नष्ट भएको छ । उक्त कोठामा रहेको १० बोरी धान, ५बोरा गहुँ, लुगा, कपडा, खाद्यान्न,काठका फन्टी, कडी र घरमा राखेको नगद रु.१५०००। समेत आगोले नष्ट गरेको ५५ वर्षीय बागचनले बताइन ।
एक्कासि आगो लागेको आफुहरुले देखे पछि थाहा पाएको, गाई लाई खुवाउन दाना पाकाएको आगो बाट परालमा सल्लकेको हुन सक्ने बागचनले बताईन । आगो कसरी लागेको हो यकिन खुल्न सकेको छैन तर भिमदत्त नगरपालिकाको आगो नियन्त्रक दमकल, प्रहरी र स्थानियको अथक प्रयासले ठुलो क्षति भने हुन ाएन । झण्डै एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।