Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गाडिबाट खसेर १ जनाको ज्यान गयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चन्द्रकला बुढाथोकी/कात्तिक २, सल्यान । सल्यानमा गाडिबाट लडेर १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन ।

सल्यानको बाझकाँडा १ सजिपोलेमा गाडिको ढोकाबाट लडेर कोटबारा १ माडिचौर घर भई हाल तुलसीपुर दाङ्ग वेलुवामा बस्दै आएका ३० बर्षिय कृष्ण बहादुर रानाको ज्यान गएको हो भने घाइते हुनेमा कोटमौलाका १८ बर्षिय चिरञ्जीवी डाँगी रहेका छन ।

दाङ्ग तुलसीपुरबाट बाँफुखोला गैरहेको रा १ ख ८७६ नं.को गाडिको ढोकाबाट खसेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दशैमा यात्रुहरुको चापका कारणले गर्दा ढोकासम्मको कष्ठपुर्ण यात्राका क्रममा खसेर उनको ज्यान गएको हो ।