Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
समाज

एमाले स्वीकोटको बैठक सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, सल्यान । नेकपा एमाले स्वीकोट गाँउ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले तारा बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यिय गाउ कमिटी निर्माण गरिएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा राप्ती सहइन्चार्ज गुलाव जंग शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्य शेर बहादर केसी, क्षेत्रीय सदस्य दुर्गा रेग्मी, शिक्षक संगठनका जिल्ला सल्लाहकार होतिराम रावत लगायतको सहभागिता रहेको थियो ।

गाउ कमिटीको उपाध्यक्षमा खगेश्वर वली, सचिवमा यज्ञ बहादुर बुढाथोकी, सहसचिवमा चन्द्र राना रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका शाहाले राष्ट्रिय राजनीति संविधानको केन्द्रमा घुमेका बेला पार्टीका भेला तथा बैठकले महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रममा १५ जनाले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको यज्ञ बहादुर बोहराले जानकारी दिएका छन ।