२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

४ मंसिर २०७४, सोमबार ०८:०४

मंसिर ४, अछाम । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् । 

घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो । “महिलाले रातदिन श्रम गरे पनि राम्रो व्यवहार हुँदैन, यसमा पनि एकल महिला सबैभन्दा बढी पीडित छन् ।” महिला विकास अधिकृत भगवती अर्यालले भन्नुभयो, “यौनसम्बन्धी घटना धेरै भएपनि पनि अभिव्यक्त हुन सकेका छैनन ।” 

पुरातनवादी सोच र संस्कार, पितृ सत्तात्मक व्यवहार र शिक्षामा महिलाको प्रभावकारी पहुँच नहुनुले पनि महिलाको अधिकार सुरक्षित हुन नसकेको सहभागीको भनाइ छ । पत्रकार मेनुका ढुंगानाले बालविवाहका कारणसमेत महिला हिंसा र घरेलु हिंसाका घटना बढेको बताउनुभयो । 

जिल्लामा महिला पीडित देखिने र घरेलु हिंसाका घटना सबैभन्दा बढी आउने गरेपनि मिलापत्र गराउने गरिएको प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी गराउनुभयो । उहाँले महिला हिंसा र घरेलु हिंसाका घटनामध्ये एक तिहाइ मात्रै प्रहरीसमक्ष आउने गरेपनि दुई तिहाइ यस्ता घटना ढाकछोप हुने गरेको र महिला आफैँ पनि प्रहरीसम्म पुग्न नसकेको उल्लेख गर्नुभयो । 

गत आवमा मात्रै १५४ वटा महिला हिंसाका घटना दर्ता भएका र गत भदौ ११ गतेदेखि हालसम्मको अवधिमा पाँच वटा त बलात्कारका मुद्दा नै दर्ता भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवस्थाले नै जिल्लाको महिला हिंसाको अवस्था झल्काउँछ, दुःखको कुरा कतिपय बलात्कारका घटनामा पनि पीडित र पीडक पक्ष मिलापत्र गरौँ भनेर आउँछन् ।” 

अन्तक्र्रियामा प्रजिअ किशोरकुमार चौधरीले भन्नुभयो, “मानवअधिकारको पूर्ण पालना गर्न राज्यका प्रत्येक अंगहरु सक्रिय छ ।” कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत पवनकुमार भट्टले मानवअधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै आयोगका सबै सिफारिस सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य