२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

२०७४, ४ मंसिर सोमबार ०८:०४

मंसिर ४, अछाम । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् । 

घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो । “महिलाले रातदिन श्रम गरे पनि राम्रो व्यवहार हुँदैन, यसमा पनि एकल महिला सबैभन्दा बढी पीडित छन् ।” महिला विकास अधिकृत भगवती अर्यालले भन्नुभयो, “यौनसम्बन्धी घटना धेरै भएपनि पनि अभिव्यक्त हुन सकेका छैनन ।” 

पुरातनवादी सोच र संस्कार, पितृ सत्तात्मक व्यवहार र शिक्षामा महिलाको प्रभावकारी पहुँच नहुनुले पनि महिलाको अधिकार सुरक्षित हुन नसकेको सहभागीको भनाइ छ । पत्रकार मेनुका ढुंगानाले बालविवाहका कारणसमेत महिला हिंसा र घरेलु हिंसाका घटना बढेको बताउनुभयो । 

जिल्लामा महिला पीडित देखिने र घरेलु हिंसाका घटना सबैभन्दा बढी आउने गरेपनि मिलापत्र गराउने गरिएको प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी गराउनुभयो । उहाँले महिला हिंसा र घरेलु हिंसाका घटनामध्ये एक तिहाइ मात्रै प्रहरीसमक्ष आउने गरेपनि दुई तिहाइ यस्ता घटना ढाकछोप हुने गरेको र महिला आफैँ पनि प्रहरीसम्म पुग्न नसकेको उल्लेख गर्नुभयो । 

गत आवमा मात्रै १५४ वटा महिला हिंसाका घटना दर्ता भएका र गत भदौ ११ गतेदेखि हालसम्मको अवधिमा पाँच वटा त बलात्कारका मुद्दा नै दर्ता भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवस्थाले नै जिल्लाको महिला हिंसाको अवस्था झल्काउँछ, दुःखको कुरा कतिपय बलात्कारका घटनामा पनि पीडित र पीडक पक्ष मिलापत्र गरौँ भनेर आउँछन् ।” 

अन्तक्र्रियामा प्रजिअ किशोरकुमार चौधरीले भन्नुभयो, “मानवअधिकारको पूर्ण पालना गर्न राज्यका प्रत्येक अंगहरु सक्रिय छ ।” कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत पवनकुमार भट्टले मानवअधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै आयोगका सबै सिफारिस सरकारले कार्यान्वयन नगरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ