२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मान्छेको जिन्दगीमा हरेक खेलहरु हुन्छन: ज्वाला

२०७२, ६ फाल्गुन बिहीबार १३:०९

prakash jwalaडिल्लीराज रावत/फाल्गुण ६, सल्यान । व्यवस्थापिका संसद अन्तरगत अर्थसमितिका सभापति प्रकाश ज्वालाले मान्छेको जिन्दगीमा हरेक खेलहरु हुन्छन र ति खेलहरुमा जितहार दुवै हुने बताउदै खेलाडिलाई हरेश नखान आग्रह गरेका छन ।

जिन्दगी नै प्रयास भएकाले खेलाडीले प्रयास गर्नुपर्ने र त्यो विद्यालय स्तरबाट नै शुरु हुने बताएका छन । सल्यानमा विहिबार आठौं राष्ट्रपति रनिङ्ग शिल्डको जिल्ला स्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्यान क्षेत्र नं. २ का संसद ज्वालाले गन्तव्यमा पुग्नलाई संकल्प गर्नुपर्ने र एकदिन अवस्य पुगिने भएकाले उद्देश्यमा केन्द्रित बन्न सबैमा अनुरोध गरेका छन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सल्यान क्षेत्र नं. १ बाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने संसद टेक बहादुर बस्नेतले खेल क्षेत्रको विकासले देशलाई विश्वसामु चिनाउने बताएका छन ।

विहिबार उद्घाटन भएको खेलकुद प्रतियोगिता शनिबार सम्म चल्ने आयोजकले जानकारी दिएको छ । गत माघमा जिल्लाका ४ स्थानमा भएको क्षेत्र स्तरिय प्रतियोगितामा उत्कृष्ट ४७ विद्यालयका १ सय ७८ विद्यार्थीले ३ दिन सम्म चल्ने प्रतियोगितामा सहभागिता जनाएका छन ।

खेलकुद प्रतियोगिता अन्तरगत भलिवलमा १२ महिला र १२ पुरुष गरी जम्मा २४ वटा समूह रहेका छन भने कव्वडीमा पनि २४ समूह छन । त्यस्तै एथ्लेटिक्समा महिला र पुरुष गरि ६ सय ६४ जनाले सहभागिता जनाउदैछन भने मार्सल आर्टमा ८२ जनाले सहभागिता जनाउने आयोजक जिल्ला खेलकुद विकास समिति सल्यानले जानकारी दिएको छ । कार्यक्रममा खेलकुदको क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग