२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अरुलाई नयाँ जिवन दिँदै आएकी गंगा रायमाझी अहिले आफ्नै लागि माग्दै

२०७४, ७ मंसिर बिहीबार ०७:५६

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मी जिल्लामा लामो समय देखि अपङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी र धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नव जिवन दिदै आएकी गंगा रायमाझी अहिले आफ्नै आमाको उपचार गर्ने खर्च अभाव भएपछि सार्वाजानिक रुपमै सवै संग सहयोगको अपिल गरेकी छन् । 

आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीकी प्रवन्ध निर्देशक रायमाझी कि ५७ वर्षिया आमा हिराकुमारी रायमाझी आन्द्रमा ट्युमर भएर यति वेला काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना भएकी छन् ।

गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर ५ छापाहिले गाउँकी रायमाझीले आज काठमाण्डौंबाट यस समाचारदाता संग फोन गरेर आफु आमाको उपचारका लागि आर्थिक संकटमा परेको हुँदा सहयोगको अपिल संवन्धि समाचार उठान गरी दिन अनुरोध गरेकी छन् ।


अप्रेशनका लागि सुरु मै पाँच लाख अस्पतालले मागेको छ, म संग त्यति रकम छैन, बढो मुस्कीलमा परेको हुँदा सवै संग आमाको  जिवन रक्षार्थ सवै संग सहयोगको हात फैलाउन विवस छु उनले भनिन् सवै संग सहयोगको अपिल गर्दछु । 

उनले हिजो फेशवुक मार्फत पनि सहयोगको अपिल गरेकी छन् । त्यो हेरेर गए राजी गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यसै समाचारदातालाई फोन गरेर गंगा रायमाझी जस्तो अरुका लागि खट्दै आएकी महिलाकी आमाको  उपचारका लागि सञ्चार माध्यमको तर्फबाट सहयोग गरी दिन आग्रह गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी अर्यालले सहयोग संकलन आफैबाट सुरु गर्ने बताउँदै  ५ हजार रुपैयाँ घोषण गरेका छन् । उहाँ लगत्तै धेरैले सहयोग घोषणा गर्ने क्रम जारी रहेको छ । 

सामाजिक क्षेत्रमा काम गर्ने रायमाक्री मात्र होईन पत्रकार जनादर्न घिमिरे जस्ता व्यक्ति समेत श्रीमतिको उपचार खर्चका लागि सहयोगको अपिल गर्नु पर्ने अवस्था छ । 

घिमिरेकी पत्नीको उपचारका  लागि मुसिकोट नगरपालिकाले ५० हजार रुपैयाँ दिने निर्णय भएको मेयर सोमनाथ सापकोटाले बताएका छन् । यता रेसुङ्गा नगरपालिकाले पनि ५० हजार दिने निर्णय भएको मेयर डिल्लीराज भुसालले बताए ।  सहयोग गर्न चाहनु हुने महानुभावले उनै गंगा रायमाझीको मोवाईल नम्वर ९८४७१०५१११ मा सम्पर्क राख्नु होला ।  


तस्वीरः गंगा रायमाझीकी आम  ग्राण्डी अस्पतालको शैयामा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण