२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अरुलाई नयाँ जिवन दिँदै आएकी गंगा रायमाझी अहिले आफ्नै लागि माग्दै

७ मंसिर २०७४, बिहीबार ०७:५६

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मी जिल्लामा लामो समय देखि अपङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी र धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नव जिवन दिदै आएकी गंगा रायमाझी अहिले आफ्नै आमाको उपचार गर्ने खर्च अभाव भएपछि सार्वाजानिक रुपमै सवै संग सहयोगको अपिल गरेकी छन् । 

आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीकी प्रवन्ध निर्देशक रायमाझी कि ५७ वर्षिया आमा हिराकुमारी रायमाझी आन्द्रमा ट्युमर भएर यति वेला काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना भएकी छन् ।

गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर ५ छापाहिले गाउँकी रायमाझीले आज काठमाण्डौंबाट यस समाचारदाता संग फोन गरेर आफु आमाको उपचारका लागि आर्थिक संकटमा परेको हुँदा सहयोगको अपिल संवन्धि समाचार उठान गरी दिन अनुरोध गरेकी छन् ।


अप्रेशनका लागि सुरु मै पाँच लाख अस्पतालले मागेको छ, म संग त्यति रकम छैन, बढो मुस्कीलमा परेको हुँदा सवै संग आमाको  जिवन रक्षार्थ सवै संग सहयोगको हात फैलाउन विवस छु उनले भनिन् सवै संग सहयोगको अपिल गर्दछु । 

उनले हिजो फेशवुक मार्फत पनि सहयोगको अपिल गरेकी छन् । त्यो हेरेर गए राजी गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यसै समाचारदातालाई फोन गरेर गंगा रायमाझी जस्तो अरुका लागि खट्दै आएकी महिलाकी आमाको  उपचारका लागि सञ्चार माध्यमको तर्फबाट सहयोग गरी दिन आग्रह गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी अर्यालले सहयोग संकलन आफैबाट सुरु गर्ने बताउँदै  ५ हजार रुपैयाँ घोषण गरेका छन् । उहाँ लगत्तै धेरैले सहयोग घोषणा गर्ने क्रम जारी रहेको छ । 

सामाजिक क्षेत्रमा काम गर्ने रायमाक्री मात्र होईन पत्रकार जनादर्न घिमिरे जस्ता व्यक्ति समेत श्रीमतिको उपचार खर्चका लागि सहयोगको अपिल गर्नु पर्ने अवस्था छ । 

घिमिरेकी पत्नीको उपचारका  लागि मुसिकोट नगरपालिकाले ५० हजार रुपैयाँ दिने निर्णय भएको मेयर सोमनाथ सापकोटाले बताएका छन् । यता रेसुङ्गा नगरपालिकाले पनि ५० हजार दिने निर्णय भएको मेयर डिल्लीराज भुसालले बताए ।  सहयोग गर्न चाहनु हुने महानुभावले उनै गंगा रायमाझीको मोवाईल नम्वर ९८४७१०५१११ मा सम्पर्क राख्नु होला ।  


तस्वीरः गंगा रायमाझीकी आम  ग्राण्डी अस्पतालको शैयामा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…