४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ

७ मंसिर २०७४, बिहीबार १२:२२

मंसिर ७, काठमाडौं । आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा टुल्कु लामा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सिन्धुली दुम्जा घर भएका ५६ वर्षका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो ।

उनको १० वर्षदेखि दक्षिणकाली नगरपालिका १ चाल्नाखेल, वोशनमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरेका थिए । उनले आफू अवतारी लामा भएको र दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएकाले दैवी शक्ति रहेको दाबी गर्दै आएका थिए । तर, उपचारका लागि आएका महिलाहरुमाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले उपचारका क्रममा एक्लो कोठामा लगेर युवतीहरुलाई निर्वस्त्र बनाउने र शारिरीक सम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटो/भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह