2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनेम संघ सल्यानको अधिवेशन आगामी चैत्रको २९ गते

फागुन १०, सल्यान ।

– क्षेत्रीय अधिवेशनहरु १५ र २० गते
अखिल नेपाल महिला संघ सल्यानको जिल्ला अधिवेशन आगामी चैत्रको २९ गते हुने भएको छ । सदरमुकाम खलंगामा सम्पन्न संघको भेलाले चैत्रको २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अनेम संघ जिल्ला अध्यक्ष शान्ता हमालको अध्यक्षता तथा अनेम संघ केन्द्रीय सचिव एवम् नेकपा एमाले केन्द्रीय सदस्य सुजिता शाक्यको प्रमुख आतीथ्यतामा भएको भेलाले क्षेत्र नम्बर १ को अधिवेशन चैत्र २० गते थारमारे र क्षेत्र नम्बर २ को अधिवेशन चैत्र १५ गते श्रीनगरमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
salyn
त्यस अघि यहि फागुन महिना भित्र इलाका स्तरिय भेला सम्पन्न गरिसक्ने निर्णय पनि भएको अनेम संघ सल्यानका सहसचिव शोविता वस्नेतले जानकारि दिनुभयो । जस अनुसार इलाका नम्बर १ को २० गते रामपुरमा, २ को २२ गते लुहाममा, ३ को २३ गते कपुरकोटमा, ४ को २६ गते लान्तीमा, ५ को २७ गते खलंगामा इलाका स्तरिय भेला गर्ने निर्णय भएको वस्नेतले जनाउनुभयो ।

यस्तै इलाका नम्बर ११ को २० गते थारमारेमा,७ को २१ गते ढोरचौरमा, ६ को २६ गते बाबियाचौरमा र ८ को २६ गते सल्लीबजारमा भेला सम्पन्न गर्ने निर्णय भएको छ । यद्यपि इलाका नम्बर ९ र १० को भेला गर्ने मिती भने तय गरिएको छैन । कार्यक्रममा अनेम संघ केन्द्रीय सचिव सुजिता शाक्यले महिलाका हरेक अधिकारका लागी आन्दोलन गर्ने र लड्ने पहिलो संगठन अनेम संघ भएको भन्दै प्राप्त भएका अधिकारहरुलाइ अब उपयोग गर्नतर्फ महिलाहरु लाग्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी द्धय अनेम संघ केन्द्रीय सल्लाहकार समिती अध्यक्ष मेनका पोख्रेल र नेकपा एमाले राप्ती अञ्चल इन्चार्ज खेममान खड्काले आन्दोलनबाट प्राप्त महिला अधिकारहरुलाइ उपयोग गर्नका लागी महिलाहरुले आफ्नो दक्षता र क्षमतालाइ निखार्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाह, जिल्ला अध्यक्ष हरि के सी, उपसचिव भिम बहादुर सेन लगाएतकाले बोल्दै अब समाजका हरेक कामको नेतृत्व गर्ने पालो महिलाहरुको भएको बताउनुभएको थियो ।।

– शँकर के सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल