मंसिर ८, काठमाडौं । तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।
आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।
अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो । शर्मा अझै विशेष अदालत गएका छैनन् । महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।