2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट बजारमा सरसफाइ, एमाले धनवाङको गाउँ अधिवेशनको तयारि पुरा

शँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

नेकपा एमाले धनवाङ गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको सरसफाइ कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का निवर्तमान सभापती दुर्गा बहादुर गिरिले सरसफाइमा ध्यान पु¥याउन नसकेमा मानव स्वास्थ्य नै खतरामा पर्ने भएकाले अझै सरसफाइको महत्व बुझाउन तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रम वेला बखतमा भन्दा पनि नियमित रुपमा हुनुपर्ने उहाँको भनाइ छ ।

salyan news 1यस्तै नेपाली कागेस धनवाङका निवर्तमान सभापती डण्ड बहादुर सेनले दाङ सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ शुन्दर, सफा र मनोरम बनाउनका लागी सरसफाइको खाँचो औँल्याउनुभयो ।
एमाले धनवाङको आयोजनामा भएको कार्यक्रममा कपुरकोटको डाँडाबजार, तल्लो बजार, न्युरोड, रोल्पा रोड र किमुचौर रोडमा सरसफाइ गरिएको छ । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका सचिव शँकर के सी ले गर्नुभएको थियो ।

salyan sajha sabal 1

यसैविच नेकपा एमाले धनवाङको भोलि कपुरकोटमा हुने आठौँ गाउँ अधिवेशनको तयारि सम्पूर्ण पुरा भएको आयोजकले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले भोलि विहान ११ बजेतीर उद्घाटन गर्ने भनिएको अधिवेशनमा सांस्कृतीक कार्यक्रम, साउण्ड सिस्टम, मञ्च व्यववस्थापन जस्ता तयारि सम्पन्न भइसकेको गाउँ कमिटी उपाध्यक्ष भुवनेश्वर गौतमले जनाउनुभएको छ । भोलि हुने अधिवेशनबाट आगामी २ वर्षका लागी नयाँ गाउँ कमिटी चयन गरिने छ ।

salyan sajha sabal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ