2026-10-26 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहिद सम्झनेले सहिदलाई किन मृतक भन्ने सहिद परिवारको भनाई

डिल्लीराज रावत फागुन १८, सल्यान ।
बलिदान दिवशमा सल्यानको झलक, विप्लव माओवादीले विचार जोगाएरह्यो

सल्यान थारमारेको बागचौरमा फाल्गुण १४ गते माओवादीले बर्षेनी कार्यक्रम गर्नेगर्छ । २०५४ साल फाल्गुण १४ गते जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको सम्झनामा बलिदान दिवश मनाउदै गर्दा अखिल क्रान्तिकारीका नेताहरु धन बहादुर थापा र खिम बहादुर डिसी अनि तत्कालिन गाविस अध्यक्ष तथा एमाले नेता हेमराज केसी गोली हानी हत्या गरिएको दिन पारी माओवादीले बर्षेनी बलिदान दिवशको मनाउदै आएको छ ।
salyan 4
एउटै उद्देश्यका लागि जिवन आहुती दिएका सहिदको सम्झनामा गरिने कार्यक्रम बर्षेनी माओवादीहरु एउटै मन्चमा गरे सहिदहरुलाई सम्झन्थे तर यस बर्ष त्यो हुन सकेन । संयुक्त कार्यक्रम गर्ने कुनै छलफल नगरी सरकारका वन तथा भुसंरक्षण मन्त्री अग्नी सापकोटालाई कार्यक्रममा प्रमुख अतिथि बनाउने गरी एमाओवादी, एमाले र क्रान्तिकारी माओवादीले संयुक्त कार्यक्रमको तय गरेर एउटै कार्यक्रम बनाउन भनेपछि विप्लव नेतृत्वको माओवादीले देशको निम्ती रगत बगाउने सहिदलाई मृतक भन्ने तर शहिदको कोटामा नराख्ने सरकारका मन्त्री प्रमुख अतिथी बन्ने कार्यक्रममा आफु आयोजक नहुने र आफुले छुट्टै कार्यक्रम गर्ने बतायो ।

अनी एमाले, एमाओवादी र बैद्य माओवादीले संयुक्त कार्यक्रमको आयोजना गरे । अनी सहिद भन्न नमानेका आफन्तलाई सहिद परिवार भनेर झुक्याए भने विप्लव नेतृत्वको नेकपा माओवादीले पनि सहिद परिवार अभिनन्दन कार्यक्रमको आयोजना गर्यो । सरकारी शक्तिको प्रयोग गर्दै बन्दै गरेको सहिद पार्कमा ३ दलको सरकारी कार्यक्रम भयो भने विद्रोही नेकपा माओवादीले बागचौरको भित्तामा रहेको स्टेडियम जस्तो दुवो भएको ठाउँमा कार्यक्रमको आयोजना गर्यो ।

salyan 1
सुरु भयो माओवादीले मानाएको पहिलेको जस्तो बलिदान दिवशको कार्यक्रम

हामी माओवादी विग्रीएका छैनौ
हामी भत्किएका छैनौ
यो मुक्तीको यात्राबाट
सपनीको लक्ष्यबाट
थाकेका छैनौ हामी
भागेका छैनौ

यी शब्दलाई संगितमा घोल्दै माओवादी आन्दोलनको इतिहास नभुलेको भन्दै सामाना साँस्कृतिक परिवारका कलाकारहरुले प्रस्तुती सुरु गरे अनी जनयुद्धका क्रममा विभिन्न ठाउँमा सहादत प्राप्त गर्ने सहिदका परिवारलाई सम्मान गरियो । जनयुद्धको झझल्को दिनेगरी अर्को गितको शुरु भयो ।

सहिदहरु बोलिरहेको हासीरहेको
देखेमै रातो अक्षरमा,
गैरी गाउँको बजारैमा सहिद गेटैमा

गीतको भावमा सहिदहरुले बलिदानको साँचो अर्थ बुझाएको उहाँहरुको रगतले मुक्ती मार्ग कोरेर, क्रान्ति मिठो सपना बाडेको अनी गुराँसको थुङ्गा बनेर फक्रेको कलाकारले गीत र संगितबाट झल्काउदा एतिहासमा नमेटिने नाम लेखेको, नाअस्ताउने जिवन पाएको, आकाशको जुन जस्तै अटल बनेको अनी जनताको आश्थाको रातो तारा बनेको पनि गित तथा नृत्यबाट प्रष्ट भाव आउथ्यो । यति गित र नृत्य गर्दा त्यो स्टेडियम जस्तो ठाँउ खचाखच भरिएको थियो । २ सयको हाराहारीमा रहेका स्वयमसेवकहरुलाई पनि सहज भएको थियो ।

अनी कलाकारले चर्चित गित सलाम तिमिलाईबाट आफ्नो कार्यक्रम शुरु गरे । जनवादी कलाकार महेश आरोहीको अगुवाइमा कलाकार देवी बस्नेतले शुरु गरिन

देशको निम्ती युद्धमा लड्दैथ्यौ,
जीवनसाथी सहिद भैगयौ
सलाम तिमिलाई, सलाम तिमिलाई
शहिद तिम्रो सपना बाँकी छ पुरा गर्नलाई ।

salya 3

यी गितका भावुक तर उर्जावान शब्दहरु संगितको माध्यामबाट सुनेका दर्शकलाई जनयुद्धमा आफ्नो जीवनसंगि गुमाउनु भएही सहिद निर्मम कि श्रीमती अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय सदस्य हेमन्ता बुढाथोकीले सहिद परिवारको तर्फबाट विचारले लैस भएको क्रान्तिकारी मन्तव्य दिुनभयो । उहाँले सहिदको सपनाहरु लात मार्दै मृतक सरहको विल्ला लगाउदै संसद तथा मन्त्री हुनेहरुलाई सहिदका सपनाहरुका बारेमा प्रतिप्रश्न गर्नुभएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य गणेशमान सिंहले अवको लडाईमा युवाको सहभागिता हुने बताएका थिए ।

मर्यौ भने यहि माटो मुनी हो
जिते संसार हाम्रो नै हुने हो
पक्कै ल्याउछौं, सुनौलो विहानी
जनताको फेर्नेछौ जिवनी ।

बाटो कठिन भए पनि जिवन फेर्न सकिने उत्साहित गित बज्दा स्थानियवासीपनी कलाकारसंग नाचेका थिए । गीतमा कायर भागे विरहरु लड्ने भाव समेटीको थियो । इतिहासले अविभारा सुम्पेको भन्दै अधुरा सपना पुरा गर्ने कलाकारले बताएपछि नेकपा माओवादीका पोलिटीव्यूरो सदस्य तथा जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले उपस्थित जनतालाई अव माओवादी धेरै अगाडि बढेको र माओवादीले समाजभित्रका सबै तस्कर, भ्रष्टाचारीहरुका विरुद्ध लडाइ गर्ने र माओवादीलाई कमजोर ठान्नेहरु आफै विलाएर जाने बताएका थिए । उनले माओवादी एकताको कुरा त हैन माओवादी ध्रुविरकण हुने र त्यो अवश्य हुने बताउदै त्यसको लागि आफ्नो पार्टीले पहल गरिरहेको बताएका थिए । सोलोडोलो क्रान्ति हुन सक्दैन भन्नेहरुसंग कुनै पनि हालतमा एकता नहुन बताएका उनले देशको राष्ट्रियता जोगाउन सबै लाग्नुपर्ने बताएका हुन ।

कलाकारले हामी छापामार देशमा जनताको व्यवस्था ल्याउन हिडेका तपाइका छोराछोरी तपाईकै घरमा खान खान्थ्यौ अनी तपाईको घरमा खान हिड्दै गर्दा दुश्मणको गालि लागि ढलेका योद्धाको कथा भन्दै अपेरा प्रस्तुत गर्दा जनता भावुक बनेका अपेरामा कलाकार खुसिराम पाख्रिनका यस्ता शब्दहरु थिए ।
विरहरुको रगतले इतिहास लेखिसकेको छ

क्षीतिजमा एउटा सुनौलो विहान खुलिसकेको छ
मुक्तीको लडाई विजयको निटक पुगिसकेको छ ।

कलाकारले माओवादीका नाममा दुईटा मञ्च हुनुहुन्नथ्यो भन्दै बरु संसदवादीसंग छुट्टीएर आफुले माओवादीको विचार जनवादी राज्य व्यवस्थाको लागि लडिरहेको बताउदा जनताले सुनिरहेका थिए ।
फेरी सुरु भयो अर्को प्रस्तुति
जनताको मन अझै नै अमिलो
सङ्गलो पानी पारेर धमिलो
माछा मार्न थुने दुवाली
फेरी पनि धोका भो जनता उठ मुक्तीको झण्डा उचाली

salyan 2
उनिहरुले त्यो गितमा जनतालाई अझै पनि मंहगीको मार परेको, लुटिखाने थलो भयो सिंहदरबार भएको भन्दै सरकारी लाज नभाको कस्तो नकचरा भनेका थिए भने अनी सहिदका रगतमा गर्नु घात गरेको, सर्वहारा भन्नेहरुले आफ्नो भुडि भरेको बताउदै सोझा सिधा जनताहरु अलमलमा परेको यथार्थता सुनाएका थिए । नेताहरुको अझैपनि मती नसुध्रिएको भन्दै देशको दुर्गती भएकाले जनतालाई उठ्न भनेका थिए ।

कार्यक्रमलाई नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधार, पूर्व जिल्ला सेक्रेटरी तथा युवा नेता असल क्षेत्री, भक्तपुरका सेक्रेटरी तिलक मल्ल, सल्यानका सेक्रेटरी डिल्लीराज शर्मा विश्व, र सल्यानको जनपरिषद प्रमुख लोकपाल केसीले सम्बोधन गरेका थिए । उनिहरु माओवादी आन्दोलनका आदशवार्न नेताहरु हुन ।

कार्यक्रममा सहिदलाई सम्झना गर्दै अर्का कलाकार
गयौ साथी रुवाएर, अठोट लिई बाँचिराछु
तिम्रो सपना पुरा गर्ने बाचा कसम साँचिराछु
हो हो हो हो

पाखा अनी पखेरीमा, आउनेजानी चौतारीमा तिमीलाई सम्झेको छु भन्दै सहिदको सम्झनामा सम्मान गरिएका गीतहरु प्रस्तुत गरिएको थियो । अनी तामाङ्ग सेलोको भाकामा जनताले के पायो तिमी पनी हामीलाई दुख दिन्छौ भन्दै केटिले भन्दा धोका दिने अर्को भन्दै केटाहरु क्रान्तिमा लाग्न फकाएका थिए । अनी अरुण तरेका कथा व्यथाहरु जनतालाई सुनाउदा जनताले हौसाल्ला दिइरहेका थिए भने अनी पुरानो संविधान लाई नमान्ने बताएका थिए ।

अनी मुक्तीको गीतमा देशको संगितमा छमछमी नाच्न मनलाग्यो भन्दै छातिमा देशको माया आँखामा हिमाल राखेर लड्ने भन्दै ६ बहिनी नाच्दा जनतालाई जागरुक बनाएको थियो । सबैले एकमनले प्रशन्न भएर हेरिरहेका थिए ।

नेकपा माओवादी सल्यानले यसबर्ष पनि सहिद परिवारको मनोभावना पुरा गरेको छ । संसदिय प्रक्रियामा गरिएको कार्यक्रममा जुन सरकारले सहिदलाई मृतक भन्छ र देशको निम्ती लडेका योद्धालाई आतंककारीको जस्तो नाम लडाकु भन्छ उसकै मन्त्रीलाई नमानेर छुट्टै कार्यक्रम गरी सहिदको सम्मान गरेको छ ।

एमाओवादी लगायत ३ दलले गरेको कार्यक्रम कर्मकान्डमा सिमित हुदा हजारौ जनताको माझमा यस्तो कार्यक्रमले माओवादी विचार गाउँहरुमा प्रचार भैरहेको अनी गरिवहरुको अव एउटै मात्रै आश्थाको केन्द्र माओवादी भएको कार्यक्रमले पुष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने